Home» Around the World »Weird and Interesting

अर्कालाई कारवाही गर्ने प्रहरी आफैँ कारवाहीमा



प्रेमका दुस्मनहरुलाई कहिलेकाहीँ साह्रै गाह्रो पर्छ । प्रहरीले चीनको स्थानीय एक भ्यालेन्टाइन डेको अवसरमा प्रेमीप्रेमिकाले अंगालो मारेको आरोप लगाउँदै तिनलाई ५ हजार युआन जरिवाना तिराएका थिए ।  तर त्यो जरिवाना तिनलाई निकै महङ्गो साबित भएको छ ।

"जब हामी स्थानीय भ्यालेन्टाइन पर्व मनाउँदै एक अर्कालाई अँगालो मारिरहेका थियौँ, तीन जना प्रहरीहरु आएर हामीलाई अँगालो मार्दै गर्दा छुट्याए र तिनले हामीलाई प्रहरी कार्यालयमा ठिङ्ग्याए", पीडित प्रेमिका जियाओ होङले बेइजिङ पोष्टसँग भनिन्- "त्यसपछि तिनले अपराध गरेको आरोप लगाउँदै पाँच हजार युआन तिराए ।"

त्यसो त जरिवाना तिराउने प्रहरीहरु चाहिँ सादा पोशाकमा थिए । स्थानीय पर्व 'की जी' मूलतः चिनियाँ भ्यालेन्टाइन डेका रुपमा चिनिन्छ । यी प्रेमी-प्रेमिकाको पीडा इन्टरनेट भरि छरिएपछि इन्टरनेटमा प्रहरीको गर्नु खेदो गरियो । यस खेदो पछि बाध्य भएर प्रहरीले ती तीन जना प्रहरीलाई कारवाही गर्नु पर्‍यो ।

अखबारका अनुसार इन्टरनेटका कारण ती तीन जना प्रहरीलाई जरिवाना तिराइएको छ भने प्रहरीले ती दुइ पीडित प्रेमी-प्रेमिकासँग क्षमा पनि मागिएको छ ।

अखरबारले लेखेको छ- यस्तो घटनालाई अहिलेसम्म हामीले व्यहोरेका थिएनौँ । प्रहरीले जरिवाना तिराइएको पाँच हजार युआन पनि तिनलाई फिर्ता गरिएको छ ।

सार्वजनिक स्थानमा अँगालो हाल्नलाई अलि कञ्जुस्याइँ गर्ने चिनियाँ प्रहरीले गएको अक्टोबर महिनामा सार्वजनिक ठाउँमा 'जादुकी झप्पी' अभियान थाल्दा प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
इन्टरनेट माया बलिउड सेलेब्रिटी सुन्दरी गुगल मूर्ख्याइँ भव्यता विज्ञापन मुद्दा मामिला उपाय नग्नता परिस्थिति कीर्तिमान उदेकलाग्दो फट्याइँ श्रीमानश्रीमती हलिउड प्रविधि यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television,