Home» City Life »Updates

युवराज पारसलाई हृदयघात


राजधानीमा दिउँसो युवराज पारस विरामी भएर नर्भिक अस्पताल थापाथली भर्ना भएको खबर छरपष्ट भयो । त्यसपछि पत्रकार र फोटो पत्रकारहरुको सम्भावित समाचार र तश्वीरका लागि दौडादौड शुरु भयो ।

खबरअनुसार युवराज पारसलाई मुटुको तल्लो धमनीसँग जोडिने तल्लो नलीमा रगत जमेकाले मुटुमा समस्या भई हृदयघात भएको थियो । हृदयघातका कारण युवराजलाई गोकर्णस्थित दरबारबाट सीधै वीरेन्द्र सैनिक अस्पताल छाउनी पुर्‍याइएको थियो भने छाउनीमा उपचार सम्भव नभएपछि त्यहाँका डाक्टरहरुले थापाथलीस्थित नर्भिक अस्पतालमा लैजान सुझाव दिएका थिए ।

खानपानमा अनियमितता, रक्सीको अत्यधिक सेवन, पारिवारिक तनाव तथा पारिवारिक वंशानुगत रोगका कारण मुटुमा यस्तो किसिमको समस्या देखिने अस्पतालसूत्रको धारणा छ । युवराज पारसको स्वास्थ्य स्थितिमा सुधार आएपछि अस्पतालले पत्रकार सम्मेलनको आयोजन गरेको थियो ।

युवराजलाई नर्भिक अस्पताल ल्याए लगत्तै राजा ज्ञानेन्द्र, रानी कोमललगायत राजपरिवारका अन्य सदस्यहरु पनि स्वास्थ्य स्थिति बुझ्न अस्पताल आइपुगेका थिए ।

डाक्टरहरुका अनुसार युवराज खतरामुक्त भए पनि अझै आईसीयूमा दुइ दिन आराम गर्नुपर्ने र अन्य तीन दिन अस्पतालमै साधारण रेखदेखमा रहनुपर्ने बताइएको छ । अस्पतालमा युवराज्ञी हिमानी युवराजसँगै बसेको र राजारानी, मुमा बडामहारानी रत्नलगायत अन्य फर्किसकेको अस्पताल सूत्रले जनाएको छ ।

अन्तिम अवस्थामा हाम्रा फोटो पत्रकार भविन लावती अस्पताल परिसर पुग्दा राजारानी फर्किसकेको दृश्य देखियो । त्यहाँ भरतकेशर, तारानाथ रानाभाट, कीर्तिनिधि विष्ट, जगत गौचनलगायत अन्यलाई पनि देखिएको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
crisis समलिङगी मोबाईल हल्ला पेट्रोल सेलेब्रिटी awards माओवादी संविधानसभा celebrity अनुभव streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema,