Home» Around the World »Weird and Interesting

एउटा पेन्टको कथा


मार्क स्टान्के छिमेकीको घरमा सुतेका थिए । बिहान उठ्दा उनले पाए कि उनको पेन्ट त गायब छ । अब उनी बिना पेन्ट कसरी ओछ्यानबाट उठ्न सक्थे ! त्यसपछि उनलाई तत्काल याद आयो- उनको पेन्टमा ४१ हजार ९३ डलरको चेक पनि थियो, जुन उनले आफ्नो छोरालाई पठाउनु थियो ! चेक बाहेक उनीसँग केही सय डलर र खुद्रा पैसा पनि पेन्टमा घुसाएका थिए । तर बिहान उठ्दा अकस्मात उनको पेन्ट गायब !

शुक्रबारको दिन उनी लामो परिश्रमपछि बारमा घुसेका थिए । त्यहाँ उनले मज्जाले रक्सी खाए । त्यसपछि उनको होश गुम ! अझ पैसा र पेन्ट दुबै गायब भएपछि त उनको हंशले ठाउँ नै छाड्यो ।

तर सोमबार उनले प्रहरीमा इमान्दारीपूर्वक रिपोर्ट लेखाए कि कसरी उनले जाँड खाए, कसरी बेहोसीमा उनी साथीको घरमा आएर सुते र बिहान उठ्दा उनको पेन्ट कसरी गायब भयो !

"हामीले यस्ता छक्कलाग्ने अनेक कथा सुनिसकेका छौँ, त्यसैले रक्सी खाएको बेलाको कथा बेग्लै हुन्छ भन्ने हामीलाई लाग्यो," प्रहरी विलियम ग्राहमले भने- "त्यसपछि उनलाई हामीले सोध्यौँ- "तपाइँले यति साह्रो रक्सी किन खानु भयो त ?"

प्रहरीको सोधखोजपछि उनलाई अलिअलि याद आयो कि उनले आफ्नो छोरालाई बारमा भेटे तर त्यसपछि के भयो उनलाई थाहा भएन ।

स्टान्केले भने- "बिहान मलाई ज्यादै चिसो अनुभव भयो । म कहाँ छु भन्ने त शुरुमा पत्तै भएन । मैले जुत्ता र मोज्जा लगाइरहेको थिएँ । चिसो बिहानीमा आनन्द मान्दै उठ्दा पो थाहा भयो, प्यान्ट नै गायब छ ! ओ माई गड, खोई मेरो प्यान्ट !"

स्टान्केका छिमेकी टीम कुजानको कुकुर जोले उनको पेन्ट उनी सुतेकै ठाउँबाट उठाइदिएछ । यसरी कुकुरले अर्काको पाइन्ट चोरेर ल्याएपछि कुकुरका मालिकलाई पनि पर्नु पीर पर्यो । त्यसैले कसैले चोरीको अभियोग लगाउनुअघि नै भेटेको सामान पेन्टसँगै चेक र केही रकम कुकुरका मालिकले पैसाका धनी स्टान्केलाई दुइ पटक फर्काइदिने प्रयास त गरे तर उनी घरमा भेटिएनन् ।

बुधबारका दिन बल्ल बल्ल छिमेकी कुजानले भेटिएका पैसा र पेन्ट प्रहरीलाई जिम्मा लगाउनेबारे सोचे । प्रहरीले सोमबार नै स्टान्केको पेन्ट हराएको रिपोर्ट लेखिसकेकाले प्रहरीले स्टान्केलाई खबर गरेर पेन्ट र पैसा जिम्मा लगाए ।

रोचक छैन त पेन्ट हराऎको सूचना !!

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! जनावर माया सुन्दरी बलिउड मुद्दा मामिला गुगल मूर्ख्याइँ इन्टरनेट सेलेब्रिटी भव्यता विज्ञापन श्रीमानश्रीमती प्रविधि परिस्थिति कीर्तिमान उपाय नग्नता हलिउड फट्याइँ
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,