Home» City Life »Updates

अष्ट्रेलियाली एम्बेसी छक्क

नाट्य प्रदर्शनलाई प्रदर्शन मात्र होइन अभियान र क्रान्ति पनि हो भनेर स्थापित गराउने सर्वनामले आइतबार अष्ट्रेलियाली कलाकारिता हेर्ने सुअवसर जुरायो । अष्ट्रेलियाका दुइ प्रख्यात कलाकारले जापानी नाट्य शैलीलाई नेपालीमाझ सुपरिचित गराए ।

जोन नब्स र ज्याकी क्यारोललाई त्यसो त आफूले सिकेको जापानी यो कौशल संसारभर प्रचार गर्दैमा फूर्सद छैन । यस्तो व्यस्ततामा पनि उनीहरुलाई सर्वनामले पक्डी छाड्यो । र, चाख्न पाइयो नयाँ स्वाद ।

"संसारमा के भइरहेको छ, कस्तो ट्रेण्ड छ भनेर हामीले बुझ्न जरुरी छ", सर्वनामकी प्रवक्ता सम्पदा मल्लले भनिन्- "त्यही भएर जापानी नाट्य शैली हाम्रा कलाकारलाई बुझाउन उहाँहरुलाई हामीले डाक्यौँ ।"

पाँच दिने प्रशिक्षणका लागि नेपाल आएका नब्स र क्यारोलले सुप्रख्यात नाटककार विलियम सेक्सपियरको म्याकबेथको संक्षेपीकृत संस्करण प्रस्तुत गरेका थिए । त्यसका अतिरिक्त पाँच दिने प्रशिक्षणमा सिकाइएका नाट्य शैली र शिल्पलाई पनि शिक्षार्थीहरुले दर्शकहरुसमक्ष प्रस्तुत गरेका थिए ।

"यस पटकको बोलावटले सम्बन्ध बन्यो र अर्को पटक हामी म्याकबेथकै पूरा संस्करण देखाउने प्रयासमा छौँ", कार्यक्रम सकिएपछि प्रवक्ता मल्लले इनशाडटकमसित भनिन्- "यसले हामीलाई अन्तर्राष्ट्रिय नाट्य परम्परासँग जोड्न पनि मद्दत पुर्‍याउन सक्छ ।"

अष्ट्रेलियाली कलाकारहरुले नेपाली कलाकारसँग मिलेर यति काम गरिसकेपछि अष्ट्रेलियाली दूतावास खुशी हुने भइहाल्यो । एम्बेसीका उच्च पदस्थको भनाइलाई उद्धरण गर्दै मल्ले थपिन्- "अष्ट्रेलियाली एम्बेसीले गर्नुपर्ने काम हामीले गर्‍यौँ भनेर उहाँहरु ज्यादै खुशी हुनुभएको थियो । शायद अर्को वर्षदेखि एम्बेसीसित मिलेर हामी नयाँ काम गर्न सक्छौँ ।"

पाँच दिने कार्यक्रममा प्रख्यात भिजे तथा कलाकार पूजा गुरुङ, नाटक निर्देशक कृष्ण शाह यात्री आदिले पनि प्रशिक्षण लिएका थिए ।




 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
events माओवादी संविधानसभा हल्ला सेलेब्रिटी मोबाईल awards streets hi-life पेट्रोल अनुभव crisis समलिङगी celebrity festival
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group