Home» Cinema »Feature

सेन्सर र चलचित्र बोर्डमा माओवादी नेतृत्व



चलचित्र विकास बोर्डमा आफूहरु आएर गर्न खासै सकिने विषयवस्तु नरहेको चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले बताएका छन् । बोर्डमा आफ्नो प्रथम प्रवेशपछि कर्मचारीहरुले स्वागत गर्ने क्रममा यो कुरा अध्यक्ष ज्ञवालीले बताएका हुन् । "तापनि म जतिञ्जेल यहाँ रहन्छु, चलचित्रजस्तो सशक्त माध्यमलाई नेपाली समाज, देश र जनजीवनको चाहनालाई कसरी प्रतिनिधित्व र प्रतिविम्वित गर्न सकिन्छ, त्यसमा गम्भीर रुपमा काम गर्नेछु ।" नेकपा माओवादीका सांस्कृतिक विभागका प्रमुख ज्ञवाली पहिले पाटन क्याम्पसमा प्राध्यापन गर्दथे ।

बोर्डमा नायिका नेपाली कांग्रेस समर्थित विपना थापा, माओवादी समर्थित शिवजी लामिछाने र नेकपा एमाले समर्थित देशभक्त खनाल बोर्डका सदस्य बनाइएका छन् । खनाल यसअघिको बोर्ड सदस्यमा पनि थिए । खनालले भने- "मलाई पार्टीले राजीनामा नदिनू भनेकाले अघिल्लो बोर्डका सदस्यहरुसँगै राजीनामा दिन उपयुक्त ठानिनँ ।"

नायिका विपना थापा आफूलाई चलचित्र उद्योगको सिपाही भएका कारण यसको हितका लागि सधैँ लडिरहने बताएकी छिन् । उनले भनिन्- "सञ्चार मन्त्री कृष्णबहादुर महराजीले मलाई व्यक्तिगत रुपमा फोन गरेर अनुरोध गर्नुभएको हुँदा मैले यसलाई स्वीकारेकी हुँ ।"

त्यसो त उनलाई पनि छोटो अवधिको यो पदले गर्न सकिने केही लागेको छैन । तर पनि उनलाई लाग्छ- "सबैले मिलेर काम गर्‍यो भने गर्न नसकिने कुरा केही छैन ।"

भर्खरै माओवादी आन्दोलनसम्बन्धी चलचित्र 'लालसलाम' बनाइसकेका शिवजी लामिछानेले चाहिँ दीर्घकालीनबाहेक तात्कालीक केही कामहरु गर्न सकिने बताएका छन् ।

तर कसैले पनि दाबी गरेन, म यस्तो गर्नेछु र गर्न सकिनँ भने राजीनामा दिनेछु । किनभने यसअघिका बोर्ड अध्यक्ष नेपाली कांग्रेस समर्थक शैलेश आचार्यले आफूले काम गर्न नसके तीन महिनाभित्र राजीनामा दिने बताएका थिए तर सरकारले उनलाई बर्खास्त गरिसक्दा पनि सरकारी मोटरको दुरुपयोग गरिरहेको आरोप लागेको थियो ।

यता चलचित्र जाँच समितिमा राजनीतिक नियुक्तिमा नेकपा माओवादीका तर्फबाट इन्द्रबहादुर थिङ, चलचित्र बलिदानका निर्माता श्याम सापकोटा तथा पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ नियुक्त भएका छन् । सोमबार मात्र आफू नियुक्त भएको पत्र प्राप्त गरेपछि चलचित्र विकास बोर्डको बैठकमा भाग लिन आइपुगेकी श्रेष्ठले भनिन्- "अकस्मात मलाई यसमा नियुक्त गरेको थाहा पाउँदा आश्चर्यमा परेकी छु ।"

नियुक्ति पाएको पहिलो सेन्सरमा नै रामगोपाल वर्माको 'आग' हेरेर दिक्क मानेका सेन्सर सदस्य इन्द्रबहादुर थिङले भारतीय चलचित्रको नग्नता र सिनेमा हलहरुको दादागिरीप्रति आक्रोश व्यक्त गरेका छन् । "एउटा प्रिन्टमा सेन्सर गराउने र बाँकी प्रिन्टमा चाहिँ मनलाग्दो देखाउने हलहरुको शैली चित्त बुझेन । त्यसैले मैले सेन्सर पासमा सही गरे पनि आफ्नो 'कमेन्ट' चाहिँ लेखेको छु", थिङले बताए ।

सेन्सर बोर्डले आफूलाई चित्त नबुझेको कार्यमा कारवाही गर्न नपाउने सरकारी नीतिप्रति खल्लो महसूस गरेका छन् । "अब हामी चाँडै नै यस्तो संयन्त्र बनाउने प्रयासमा लागेका छौँ, जसले भइरहेका अनियमिततालाई रोक्नेछ", थिङको भनाइ थियो ।

सिने उद्योगमा माओवादी प्रवेशले अहिले तत्काल केही परिवर्तन दिलाउन त नसक्ला तर चलचित्र उद्योगमा भइरहेको निर्माण, प्रदर्शन र वितरणमा केही भए फरक महसूस चाहिँ दिलाउने कुरामा सेन्सर बोर्डका पदाधिकारी र चलचित्र विकास बोर्डका सदस्यहरुले बताएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
समारोह अभिनेता सेलेब्रिटी रिलिज सेक्स प्रविधि सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,