Home» Around the World »Weird and Interesting

डच राजकुमारीले विकि सम्पादन गरिन्



नेदरल्याण्डका राजकुमार जोहान फ्रिन्सो र उनकी पत्नी माबेलले इन्टरनेट इन्साइक्लोपेडिया विकिपेडियामा भएको सूचनालाई सम्पादन गरेको दरबारिया सूत्रले जनाएको छ ।

रोयर्टस समाचार संस्थाका अनुसार ३८ वर्षीय राजकुमार फ्रिन्सोले सन् २००४ मा माबेल विसी स्मितसँग दरबारको सहमतिबेगर बिहे गरेका थिए । किनभने राजकुमारी हुनुअघि माबेलको सम्बन्ध विवादास्पद डच औषधि उत्पादक रहेको हल्ला थियो । यसमा नेदरल्याण्डका प्रथम राजकुमार विलियम अलेक्जेण्डरको गम्भीर असहमति रहेको थियो ।

डच शाही परिवारका प्रवक्ताका अनुसार, अहिलेकी रानी बिट्रिक्स अर्थात् फ्रिन्सोकी आमाका कारणले विकिपेडियामा भएको सूचनालाई सम्पादन गरिएको हो । विकिपेडियामा राजकुमारी बनेकी माबेलको औषधि उद्योगपति क्लास ब्रुन्समासँगको अघिल्लो सम्बन्धका बारेमा गरिएको टिप्पणीलाई सूचनाबाट हटाइएको छ ।

सन् २००३ मा राजकुमार जोहान फ्रिन्सोले डच संसदमा माबेलसँग बिवाहको प्रस्ताव राखेका थिए, माबेलको ब्रुन्समासँगको जन्मकुण्डली डच अखबारहरुले छापिदिएका थिए । सन् १९९१ मा नै एम्सटरडमस्थित हिल्टन होटलको आँगनमा ब्रुन्समालाई गाली हानी हत्या गरिएको थियो ।

अखबारबाजीपछि राजकुमारले संसदको स्वीकृति त लिएनन् नै राजगद्दी उत्तराधिकारीको सदस्यता नै उनले त्यागिदिए ।

यता राजकुमारी बनेकी माबेलले ब्रुन्समालाई मुस्किलले चिनेको बताए पनि पछि अनेकौँ रात उसको जहाजमा बिताएकी स्वीकार गरेकी थिइन् ।

यो सम्पादनपछि डच सञ्चार माध्यमहरुले विकी स्क्यानरको प्रयोग गरी दरबारले सूचना सम्पादन गरेको पत्ता लगाएका थिए । विकी स्क्यानर एउटा अनलाइन टुल हो, जसले कसले विकिपेडिया सम्पादन गर्‍यो भन्ने तथ्य पत्ता लगाउँदछ ।

यो परिवर्तन सन् २००६ को जनवरीमा गरिएको थियो र राजकुमारी माबेलले सूचना अपुरो र झूटो भएकाले त्यस अपूरो सूचनालाई पूरा गरेको बताइएको छ ।

अनलाइन इन्साइक्लोपेडियामा पछिल्लो समयमा आफूलाई चित्त नबुझेको कुरा सम्पादन गर्ने खराब प्रवृत्ति बढ्दै गएकोमा इन्टरनेट विज्ञहरुले चिन्ता जताएका छन् । विकी स्क्यानरले इराक युद्धताका अमेरिकी जासूसी संस्था सीआईएले ग्वाटेनामो समुद्र किनारको जेल बनाएको सूचनालाई एफबीआईका कम्प्युटरबाट सूचना सम्पादन गरिएको पनि खुलासा भएको थियो ।






 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
श्रीमानश्रीमती प्रविधि माया सुन्दरी सेलेब्रिटी बलिउड गुगल मूर्ख्याइँ भव्यता विज्ञापन मुद्दा मामिला नग्नता उपाय इन्टरनेट परिस्थिति फट्याइँ उदेकलाग्दो कीर्तिमान हलिउड यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology,