Home» Music »Feature

अब सक्कली हिन्दी गीत सुन्नुस्

रियाज म्युजिकले भारतीय प्रख्यात सङ्गीत कम्पनी सारेगामासँग सम्झौता गरी हिन्दी क्यासेट तथा सिडी बजारमा ल्याउन शुरु गरेको छ । सक्कली गीतसङ्गीतप्रति मान्छेको रुचि र चासो बढोस् भनेर रियाज म्युजिकले यो प्रयोग गरेको रियाज म्युजिकका अमर श्रेष्ठले इनशाडटकमलाई बताएका छन् ।

नेपालमा कुनकुन फिल्मका गीत बढी रुचाइन्छन्, तिनै सिनेमाका एल्बमलाई बजारमा ल्याइने र यसले हिन्दी गीतप्रेमी नेपाली श्रोताहरुलाई सक्कली क्यासेट तथा सिडीप्रति क्रमशः बानी पार्ने विश्वास कम्पनीको छ ।

त्यसो त सक्कली क्यासेटप्रति रुचि जगाउने यो अभियान नौलो चाहिँ होइन । यसअघि म्युजिक नेपालले सात वर्षघि र त्यसको केही समयपछि मास्टर रेकर्डिङले पनि भारतीय विभिन्न क्यासेट कम्पनीहरुसँग विविध सम्झौता गरी नेपालमा सक्कली क्यासेट तथा सीडीको बिक्री शुरु गरेका थिए । तर उनीहरुको प्रयास सफल भएन ।

"त्यो बेला नेपालमा प्रतिलिपि अधिकारसम्बन्धी कडा कानून बनेका थिएनन्", रियाज म्युजिकका अमर बताउँछन्- "तर अब नेपाल वर्ल्ड ट्रेड अर्गनाइजेशन (डब्लुटीओ) को सदस्य राष्ट्र भइसकेको अवस्थामा अरुका सिर्जनालाई पनि हामीले सुरक्षा गर्नुपर्ने स्थिति छ ।" यस्तो अवस्थामा सारेगामासँग गरिएको सम्झौताले दुवै कम्पनीलाई फाइदा पुर्‍याउने विश्वास उनको छ ।

त्यसो त भारतीय गीतसङ्गीतलाई नेपालमा बेच्ने मात्र होइन, नेपाली गीतसङ्गीतलाई पनि भारतका नेपाली भाषी तथा नेपाली सङ्गीतप्रेमीहरुमाझ पुर्‍याउन सारेगामा एचएमभीले पनि उताबाट प्रयास गर्ने मौखिक सहमति भएको रियाज म्युजिकले जनाएको छ । जसमध्ये दर्ुबईमा निकट भविष्यमा नै एउटा स्थानीय वितरक नियुक्त गरी नेपालीभाषीहरुबीच नेपाली गीतसङ्गीतको प्रचार प्रसार तथा विक्री वितरण गरिने जनाइएको छ ।

यो प्रयासले नेपाली गीतसङ्गीतलाई फाइदाजनक हुने भए त ठीकै छ, नत्र हिन्दी गीतको बजार विस्तृतीकरण मात्र हुने हो भने नेपाली सङ्गीतको भविष्य के हुने हो, त्यो चाहिँ भविष्यले नै बताउने छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
क्या बात ! सङ्गीतकार रिलिज समुद्रपार लुकेका कुरा कीर्तिमान तातोपीरो ट्रयाक बाहिर अवार्ड नेपाली तारा प्रेम र विवाह उपलब्धि भिडन्त विचार पेज थ्री रुचि गायिका गायक गीतकार कन्सर्ट
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,