स्वर्ग जाने बेलामा ड्रग्सको खेती !

७१ वर्षीया एक महिलालाई प्रहरीले आफ्नो बारीमा ड्रग्सको खेती लगाएको आरोपमा पक्राउ गरेको रोयर्टस समाचारले जनाएको छ ।
उनले आफ्नो बारीमा एक मान्छे अग्लो गाँजाको खेती लगाएको प्रहरीको भनाइ छ । तर उनले चाहिँ उक्त खेती आफ्नो बारीमा अन्य जनावरहरु नघुसून् भनी लगाएको स्पष्टोक्ति दिएकी छिन् ।
गिल्फोर्ड काउन्टि सेरिफ विभागका टोनी केलिन्डो घुम्दै जाँदा उनले गाँजाको खेती देखेपछि अचम्म मानेका थिए ।
त्यसलगत्तै अनुसन्धानमा उत्रिएका टोनीले पाँच स-साना गाँजाका विरुवा पाएका थिए भने अन्य थुप्रै सोडाका बोतलमा घरभित्र लुकाएर राखिएका गाँजाकै विरुवाहरु पाएका थिए ।
चार फिटभन्दा अग्ला गाँजा त्यसपछि उनले बारीमा भेट्टाएका थिए । तर उता ती महिलाले भने यी विरुवाहरुले बारीमा अन्य जनावरहरु भगाउन रोपेको बताएकी छिन् । तर प्रहरी अधिकारी टोनीले भने- "वरपरका जनावरलाई भगाउन गाँजाको खेती गरिँदैन, त्यसका लागि अन्य उपायहरु छन् ।"
|