Home» Cinema »Feature

चलचित्र बोर्डमा तीन नयाँ अनुहार

माओवादी मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डमा इश्वर चन्द्र ज्ञवाली अध्यक्षका रुपमा छनोट भएका छन् । ज्ञवाली माओवादी निकट जनसांस्कृतिक महासंघका प्रमुख हुन् । बोर्डमा अध्यक्ष नियुक्त भएको कुरालाई चलचित्र विकास बोर्डका कर्मचारीले पनि पुष्टी गरिसकेका छन् ।

बोर्डका अधिकृत अनुपम निरौलाले भने- "नयाँ पदाधिकारीको खबरलाई सञ्चार मन्त्रालयले पनि पुष्टि गरिसकेको छ तर हामीलाई यहाँ लिखित जवाफ नआएकोले आधिकारिक रुपमा भन्न नसकिए तापनि पनि तपाइँले सुन्नु भएको खबर झूटो चाहिँ होइन ।"

बोर्डमा ज्ञवालीका अतिरिक्त माओवादी निकट चलचित्रकर्मी शिवजी लामिछाने र चलचित्र नायिका विपना थापा पनि यस पटक सदस्य भएका छन् । देशभक्त खनाल यसअघिकै कार्यसमितिमा सदस्य रहिसकेका र यसअघि राजीनामा दिनेमध्येमा नपरेका हुनाले उनी पनि यस पटकको सदस्यमा रहेका छन् ।

यसअघि नैतिकताको आधारमा राजीनामा दिन सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले बोर्ड अध्यक्ष नेपाली कांग्रेस निकट चलचित्रकर्मी शैलेश आचार्य र कांग्रेस निकट राजेन्द्र केसी र नयनराज पाण्डेलाई दवाव दिएपछि संयुक्त राजीनामा दिएका थिए । सबैभन्दा रोचक त के थियो भने यस पटक बोर्ड अध्यक्ष र सदस्यले आफ्नो राजीनामा सूचना तथा सञ्चार मन्त्रालयमा नपठाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष राजीनामा पठाइएको थियो । यसलाई धेरैजसो चलचित्रकर्मीले प्रधानमन्त्री कोइरालाको चाकडीका रुपमा लिएका थिए ।

शिवजी लामिछानेले यसअघि 'आगो' चलचित्र निर्माण गरिसकेका छन् भने उनको पछिल्लो चलचित्र 'लालसलाम'को प्राविधिक कार्य सकिन लागेको छ । देशभक्त खनाल चाहिँ कम्युनिष्ट विचारधारासँग नजिक भएका र गणतन्त्रवादी चलचित्रकर्मी भएकाले उनी यस पटकको सदस्य पदमा समेत रहेका हुनसक्ने केही चलचित्रकर्मीको धारणा छ ।

तर बोर्डकै सदस्यले चाहिँ नायिका विपना थापालाई सदस्यमा नियुक्ति गरेको बारेमा आश्चर्य व्यक्त गरेका छन् । "शाही शासनकालमा निर्वाचनको विरुद्ध बोल्ने बाहेक उनले सिन्को पनि भाँचेकी थिइनन्", एक चलचित्रकर्मीले उनको आलोचना गर्दै भने- "उनको र हाम्रो विचारधारा पनि मेल खाँदैन । उनलाई किन बोर्डमा नियुक्त गरिएको हो, त्यो चाहिँ मलाई पनि थाहा भएन ।"

चलचित्र विकास बोर्डको ऐन पनि नबनिसकेको अवस्थामा यसलाई स्वतन्त्र निकाय बनाउने कुरा हावा गफमा परिणत भइसकेको छ । त्यसैले नयाँ अध्यक्ष र सदस्यहरु आए पनि यस बोर्डले गर्न सक्ने कुरा केही छैनन् । बोर्डमा बसेर संविधानसभाको निर्वाचनलाई गणतन्त्रमय बनाउन गफ चुट्नुबाहेक यी अध्यक्ष र सदस्यको खासै काम होला भनेर कसैले पनि सोचेको छैन । त्यसैले पनि आएका नामहरुका बारेमा कहीँ पनि हलचलको सिर्जना भएको छैन ।

आफ्नो विश्वास नगुमाउन चलचित्र विकास बोर्डले सिनेमास्कोपमा बनेका चलचित्रलाई बाँढ्ने रकमका बारेमा निर्णय तलमाथि नगर्ने तर बाँकी अन्य कुराहरुको पुनरावलोकन हुनसक्ने बोर्डका सदस्य देशभक्त खनालले इनशाडटकमसँगको वार्तामा बताएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,