Home»

एउटै चलचित्रबाट चर्चित बनेका नायक

नेपाली चलचित्र जगतका अग्रज स्व. हिरासिंह खत्रीले आफ्ना हरेक डकुमेन्ट्री चलचित्रहरूमा शिवशंकरलाई नै गाउने अवसर दिनुहुन्थ्यो । यसै क्रममा २०२१ सालमा आमा चलचित्रका लागि गीत रेकर्डिङ गराउन खत्रीसँग उनी कलकत्ता गए । त्यतिवेला रेकर्डिङको काम सकेर उनीलगायत अन्य गायकगायिकाहरु हिरासिंह बसेको होटेलमा चियापानका लागि गए । निर्माणाधीन चलचित्र आमाका लागि नायक छनोटका विषयमा कुरा चल्यो । श्रेणीको गायकको रूपमा नियुक्ति भने २००८ साल जेठ १५ गते भएको थियो । त्यसताका नेपाली गीतको अभावका कारण हिन्दी गीतलाई उल्था गरेर गाउने गरिन्थ्यो ।

छायाँकार देउजी भाइ र निर्देशक हिरासिंह बीच केही बेरको कानेखुशीपछि तिनले शिवशंकरलाई फिल्ममा खेल्ने हो - भन्ने प्रश्न गरे । शिवशंकर पनि चलचित्रको नायक बन्न पाउने भएपछि दङ्ग ! केही दिनपछि नै उनीहरू काठमाडौं आएर आउट डोर सुटिङ शुरु भयो र शिवशंकरले चलचित्रमा खेले । यो एउटा सुखद् संयोग बनेर चलचित्र इतिहासमा रहन पुग्यो । आउटडोर सुटिङ काठमाडौंमा र इन्डोर सुटिङका लागि भने कलकत्ताको स्टुडियो प्रयोग भए ।

शिवशंकरले उक्त चलचित्र खेलेबापत् पाँच हजार पारिश्रमिक पाएका थिए । त्यतिबेलाको पाँच हजारले काठमाडौँमा १ रोपनी जग्गा आउँथ्यो ।

पिता मानबहादुर र माता राम मायाको कोखबाट वि.सं. १९८९ फागुन १२ गते शिवरात्रीकै दिन जन्मिएका कारण यिनको नाम शिवशंकर रहेको हो ।

उनको परिवार नै सङ्गीतमा लिप्त भएकाले उनी पनि सङ्गीतमा तानिइहाले । मानबहादुर (बुबा) दापा खलः को सञ्चालक भएको नाताले खलः अन्तरगत हुने विभिन्न सांस्कृतिक कार्यक्रम र भजनमा जाने शिवशंकर जाने गर्थे । बुवाको पछिपछि लाग्दा उनले गाउने र बजाउने मौका पाउन थाले । त्यतिबेला सङ्गीत सिकाउने संस्थाहरू नभएकाले पनि आफ्नै प्रयासबाट ३/४ वर्षै उमेरमा उनले बाजा बजाउन सिकिसकेका थिए । वरपरका केटीहरुले उनलाई रमाइलो गर्न नाचगानमा मादल बजाउन लाने गर्थें । पछि भजन मण्डलीमा गाउने बजाउने र रेडियो सुनेर संगीतको ज्ञान हासिल गर्ने क्रम उनले जारी राखे ।

२००७ सालमा रेडियो नेपालको स्थापनापछि उनका एक साथी सत्य सुरबको सल्लाहले रेडियोमा गए । रिहर्सल भैरहेको वेला बालकृष्ण समले उनको स्वरको तारिफ समेत गर्न भ्याए । तर मासिक १ सय रूपियाँ पाउने गरी क

उनी त्यसबेला दिनको २/३ गीत गाउँथे । पछि संगीत दिन पनि थाले । उनले गाएको र संगीत दिएको गीतको संख्या करीब हजार १२ सय पुगेको छ । फिल्मी-संगीतमा पनि उनको संलग्नता रहृयो ।

२००८ सालदेखि २०४९ सालसम्म रेडियोमा जागिरे हुनुका साथै केही वर्षकरार सेवामा पनि काम गरे । त्यसअघि २०४३ सालदेखि २०४७ सालसम्म रत्न रेकर्डिङ संस्थानमा अध्यक्ष तथा महाप्रवन्धक पदको जिम्मेवारी पनि वहन गरे । रेडियोमा अवकाश लिंदा नातीकाजी, तारादेवी र उनी उपसचिव सरहको पदमा थिए । त्यसबखत कलाकारको पदोन्नतिसम्बन्धी खासै नियमावली नभएका कारण रेडियोको यथार्थ जानकारी गराएर तारादेवी, नातिकाजी र उनले राजा वीरेन्द्रसँगको दर्शन भेटमा बारम्बार जाहेरी गरेपछि मात्र पदोन्नति गर्ने हुकुम प्रमाङ्गी भएको थियो ।

उनको पारिवारिक अवस्था सामान्य थियो, काठमाडौं टंकेश्वरमा उनले आफ्नै प्रयासबाट घर बनाएका थिए । पछिल्लो समयमा आफ्नी श्रीमतीको देहान्तले उनी निकै दुःखी बनेका थिए । उनका जेठो छोरा गौरीशंकर त्रिविमा विज्ञान विषयको प्राध्यापक छ भने माइलो रविशंकरले ब्यापार गर्छन् । त्यसैगरी कान्छो छोरा शशीशंकर भने इन्जिनीयर छन् ।

उनको मृत्यु ७२ वर्षो उमेरमा २०६२ साल मङ्सीरमा भएको थियो । उनको मृत्यु भए पनि नेपाली चलचित्र उद्योगले उनलाई प्रथम चलचित्र नायकका रुपमा सम्झि

रहनेछ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: