Home» Cinema »Feature

नामकै किचलो


अहिले नेपाली सिनेमामा 'द डन' र 'डन' नामको किचलो छताछुल्ल भएको छ । चलचित्रको निर्माण अवधिमा नै नामको किचलो भएको भए पनि शुक्रबारदेखि प्रदर्शन शुरुवात भएको 'द डन' ले बाजी मारेको छ ।  यसपछि 'डन'का निर्माताले आफ्नो चलचित्रको नाम परिवर्तन गरी 'मिस्टर डन' राख्ने भएका छन् । रोचक त के छ भने यी दुवै चलचित्रका लेखक एउटै व्यक्ति हुन्- विकास आचार्य ।

"मलाई सधैँ यस्तै परिरहेको छ", चलचित्रका लेखक आचार्य भन्छन्- "अहिलेदेखि होइन, पहिले पनि यस्तै संयोग जुरेको छ ।"

तीन दर्जन चलचित्रका यी लेखकको चलचित्र त्यतिबेला चर्चामा आयो, जब कल्याण घिमिरेको निर्माण तथा नारायण पुरीको निर्देशनमा 'मेरो हजूर' तयार भयो । झरना थापाले आफ्नो चलचित्र निर्माणको शुरुवात पनि यही नामबाट गरिन्- 'मेरो हजूर' । तर पहिले नै नाम दर्ता गरिसकिएका कारण उनले मेरो हजूर नाम राख्न त पाइनन्, तर अगाडि 'ए' थपेर चलचित्रलाई रिलिज गरिन् ।

दुइ वर्षअघि उनले चलचित्र लेखिसिध्याएका थिए, पण्डित बाजे । यो लेखनमा निर्माता प्रदीप उदय मख्ख परेका थिए । तर यो चलचित्र बनाउन ढिला हुँदै गर्दा अर्का निर्माता मधुसूदन सिलवालले उनलाई चलचित्र लेख्ने जिम्मा दिए । चलचित्र लेखेर सिध्याएपछि पो उनलाई थाहा भयो- यो चलचित्रको नाममा पण्डित बाजेका अघिल्तिर 'ए' थपिएछ ! यता प्रदीप उदयले अहिले पण्डित बाजेको कथालाई थन्क्याइसकेका छन् भने ए पण्डित बाजे सर्वत्र चलेर थन्किसकेको छ ।

उनले लेखेको अर्को एउटा चलचित्रसँग पनि त्यस्तै संयोग परेको छ । 'शक्ति' नामक शोभित बस्नेतद्वारा निर्देशित चलचित्रको दर्ता नाम चाहिँ 'शोभित बस्नेतको शक्ति' रहेको छ । लेखक विकास आचार्य भन्छन्- "अरु कसैले नै यो टाइटल दर्ता गरेका कारण त्यही नामबाट दर्ता गर्न नमिलेकाले लामो नामको चलचित्र बनाइयो ।" त्यसो त 'शोभित बस्नेतको शक्ति' राजधानीबाहिरबाट प्रदर्शन भइरहेको छ । तर प्रचार प्रसारको नाम चाहिँ 'शक्ति' नै राखिएको छ ।

तर सबैभन्दा अचम्म चाहिँ लेखक विकास आचार्यलाई नै लागेको छ- "हैन यस्तो कुराको संयोग चाहिँ किन मैसँग मात्र मिल्न गएको होला !"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
हल्ला अभिनेता सेलेब्रिटी समारोह रिलिज सेक्स प्रविधि सुटिङ अभिनेत्री पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: