Home» Television »Feature

रिदममा गाँसिइन् बन्दना

बन्दना शर्मा, तपाइँले मूलतः उनलाई चिन्नु भएको चाहिँ मिस नेपालको प्रथम रनरअपका लागि हुनसक्छ । अब उनसँग नयाँ परिचय पनि जोडिने भएको छ- टेलिभिजन प्रस्तोताका रुपमा । नेपाल टेलिभिजनमा हरेक बिहीबार साँझ ७ बजे प्रसारण हुँदै आएको 'रिदम'मा डाबर नेपालले रुचि देखाएपछि उनी टेलिभिजनमा गाँसिएकी हुन् ।

डाबरले यो कार्यक्रमलाई ब्राण्डिङ गरेपछि अब कार्यक्रमको नाम 'रियल रिदम' रहन गएको छ र कार्यक्रम प्रस्तोता मिस नेपालकी प्रथम रनरअप बन्दनालाई कार्यक्रमको जिम्मा लगाइएको छ ।

"नयाँ भूमिकाबाट म ज्यादै हर्षित छु", इनशाडटकमसँग चम्किला दाँत देखाउँदै बन्दनाले भनिन्- "नेपाल टेलिभिजन हामीसँगै जन्मियो र हामीसँगै हुर्कियो । त्यसैले यो संस्थामा सानो रुपमै सही गाँसिन पाउँदा खुशी लागेको छ ।"

ललितपुर, महालक्ष्मीस्थानकी स्थायी बासिन्दा बन्दनाले होलिल्याण्ड स्कूलबाट एसएलसी तथा काठमाडौँ डनबस्कोबाट जोड दुइ अनि क्याम्पियन कलेजबाट बीबीएसम्मको अध्ययन गरेकी छिन् ।

घरायसी उत्प्रेरणाका कारण मिस नेपालमा भाग लिएकी बन्दना अहिले मिस नेपालमा भाग लिनुलाई मीठो अनुभवका रुपमा संगालेकी छिन्, भन्छिन्- "जित्नै पर्छ भन्ने मलाई लागेको थिएन, तर पनि उत्कृष्ट तीन हुन पाउँदा ज्यादै खुशी लाग्यो ।" सबैभन्दा रोचक कुरा त के छ भने मिस नेपाल शिताष्मा चन्द, बन्दना शर्मा र स्वेता शाह मिस नेपाल प्रतिस्पर्धा अवधिभर निकै मिल्ने साथी बनिसकेका थिए । उत्कृष्ट तीन जनामा आफूहरु मिल्ने साथी आइपुगेकोमा तीन जना ज्यादै खुशी भएका थिए । त्यसैले यस पटकका प्रतिस्पर्धीहरुले को मिस नेपाल हुनुपर्ने र को नपर्ने भन्ने विवादमा फस्न रुचाएनन् ।

पाँच जना दिदीबहिनीमध्ये सबैभन्दा कान्छी र एक जना दाईकी प्यारी बहिनी बन्दनालाई पहिलेदेखि नै सञ्चार माध्यममा गाँसिने इच्छा थियो । त्यसैले त उनले नेपाल एफएमका केही समय काम पनि गरिहेरिन् । तर व्यस्तताका कारण नियमितता दिन सकिनन् । यस पटक नेपाल टेलिभिजनसँगको नाता निकै लम्बिने आशा उनले राखेकी छिन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
रियालिटी शो हल्ला र वास्तविकता भीडबाहिर अभिनेत्री अभिनेता श्रृङ्खला निर्माता रमाइलो नयाँपन विदेशमा भित्री कुरा
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,