Home» Television »Feature

गायकको टीभी मोह


गायक बाबु बोगटी राम्रो गाउँछन् भन्ने भ्रममा मात्र नरहनुस्, उनी राम्रो अभिनय पनि गर्छन् । त्यो कुरा त उनका पछिल्ला गीति भिडियोमा उनले निभाएका भूमिका र गरेका अभिनयबाट प्रष्टिन्छ । तर लामो भूमिकामा उनी कान्तिपुर टेलिभिजनबाट निकट भविष्यमा नै उदाउँदैछन् । 'संस्कार' नामक शृङ्खला आउँदो भदौ १५ बाट शुरु हुने बताइएको छ ।

गएको बैशाख महिनादेखि नै सुटिङ शुरु गरिए पनि कान्तिपुर टेलिभिजनले प्रसारणमा ढिलाई गरिरहेको छ । यस शृङ्खलाको १० भाग सकिइसकेको छ भने आउँदो सातादेखि अर्को पाँच भागको सुटिङ गरिने निर्माण सूत्रले जनाएको छ ।

५२ भागका लागि कान्तिपुर टेलिभिजनसँग यो शृङ्खला निर्माण गर्न निर्देशक रेशराज आचार्यसँग सम्झौता भएको निर्माण समूहले जनाएको छ ।

यता यो शृङ्खला साउनबाट नै प्रसारण गरिने हल्ला भए पनि शुरु हुन नसक्दा गायक बाबु बोगटीलाई अप्ठेरो परेको गुनासो गरेका छन् । "धेरैले विज्ञापन बज्न थालेपछि 'खोई कहिले त ?' भन्ने प्रश्न गर्न थालेका छन्", गुनासोमिश्रति उनको भनाइ छ- "मैले उनीहरुलाई के जवाफ दिने ?"

गायक बोगटीको सान्नानी र जमुनाजस्ता भिडियोहरुले उनलाई अभिनयमा समेत सम्भावित कलाकारको रुपमा हेरिदैछ । उनले ३० मिनेटको छोटो चलचित्र 'अनुभव'मा पनि अभिनय गरेका छन् ।

परिवर्तन नेपालका उत्पादन यी युवा कलाकारको टेलिशृङ्खलालाई उनका फ्यानहरुले चासोपूर्वक हेरिरहेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
श्रृङ्खला गायक अभिनेता सेलेब्रिटी समारोह रिलिज सेक्स प्रविधि सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates,