Home» City Life »Updates

इज्जतका खातिर...

मल्टिनेशनल कम्पनीहरुलाई इज्जत ज्यादै प्यारो हुन्छ । त्यसको पछिल्लो उदाहरण नोकियाले देखाएको छ । पछिल्लो समयमा नोकिया मोबाइलमा लाग्ने 'बीएल- ५ सी' ब्याट्रीमा समस्या देखिएका कारण आफ्ना सम्पूर्ण ग्राहकहरुलाई यो ब्याट्री प्रयोग नगर्न र अर्को ब्याट्री साट्न आग्रह गरेको छ ।

जापानको मात्सुसिता नामक कम्पनीले नोकियाका लागि चीनमा उत्पादन गरेको यो ब्याट्री प्रयोग भएको मोबाइल सानोतिनो बम नै भएको पाइएपछि यसका प्रयोगकर्ताबीच आतङ्क छाएको थियो । यो ब्याट्री ताप बढ्दै गर्दा पड्किने कारण यसलाई सानोतिनो बमको संज्ञा दिइएको थियो ।

नोकियाले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ- यस्तो त ज्यादै कम हुने गर्छ र मोबाइल इतिहासमै यस्तो घटना घटेको छैन । तर यो समस्या देखिएको छ ।

अहिले यो समस्यामाथि नोकियाले अनुसन्धान गरिरहेको बताएको छ । संसारभर यो ब्याट्री ३० करोडको संख्यामा वितरण भइसकेको छ । नोकियाले उक्त ब्याटि्र आफूले साटिदिने बताइरहेको छ । यो समस्या मूलतः बाँडिएका चार करोड ६० लाख ब्याट्रीमा देखिन सक्ने बताइएको छ । तर समस्या देखिएका ब्याट्रीहरुको संख्या संसारभर मात्र एक सय रहेको छ ।

यो ब्याट्री पड्किँदा मोबाइल सेटलाई पनि कुनै असर नगर्ने पनि नोकियाले जनाएको छ । यो ब्याट्री नोकियाका प्रायःजसो सम्पूर्ण सेटमा उपयोग हुने बताइएको छ । जस्तो कि नोकियाको सूचना अनुसार यो ब्याट्री Nokia 1100, Nokia 1100c, Nokia 1101, Nokia 1108, Nokia 1110, Nokia 1112, Nokia 1255, Nokia 1315, Nokia 1600, Nokia 2112, Nokia 2118, Nokia 2255, Nokia 2272, Nokia 2275, Nokia 2300, Nokia 2300c, Nokia 2310, Nokia 2355, Nokia 2600, Nokia 2610, Nokia 2610b, Nokia 2626, Nokia 3100, Nokia 3105, Nokia 3120, Nokia 3125, Nokia 6030, Nokia 6085, Nokia 6086, Nokia 6108, Nokia 6175i, Nokia 6178i, Nokia 6230, Nokia 6230i, Nokia 6270, Nokia 6600, Nokia 6620, Nokia 6630, Nokia 6631, Nokia 6670, Nokia 6680, Nokia 6681, Nokia 6682, Nokia 6820, Nokia 6822, Nokia 7610, Nokia N70, Nokia N71, Nokia N72, Nokia N91, Nokia E50, Nokia E60 तथा Nokia Wireless GPS Module LD-1W, Nokia Wireless GPS Module LD-3W मा उपयोग हुने गरेको छ ।

यस घटनाले केही वर्षअघि अमेरिकी ल्यापटप निर्माता डेलको घटनालाई पनि ताजा बनाइदिएको छ । डेलले निर्माण गरेको एउटा ल्यापटपमा प्राविधिक गडबडी भेटिएपछि संसारभर बेचिएको उक्त ल्यापटपलाई पुनः फिर्ता गरी नयाँ ल्यापटप आफ्ना ग्राहकहरुलाई सट्टा गरिदिएको थियो ।

ठूलाठूला मल्टिनेशनल कम्पनीले आफूले मात्र उत्पादनको काम नभ्याउने हुनाले आफ्नो उत्पादनका लागि चाहिने आवश्यक सामग्री अन्य कम्पनीहरुबाट 'आउट सोर्सिङ'को काम गरिरहेका हुन्छन् । यसरी आउटसोर्सिङ गरिएका सामानहरु धेरै सस्तो खोज्दा अहिलेको समस्या देखिएको हुनसक्ने पर्यवेक्षकहरुको अनुमान छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
प्रविधि माया सुन्दरी भव्यता मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट बलिउड मुद्दा मामिला उदेकलाग्दो नग्नता गुगल विज्ञापन उपाय श्रीमानश्रीमती परिस्थिति उदारता फट्याइँ हलिउड कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,