Home» Around the World »Weird and Interesting

राति पौडी खेल्दाको बेफाइदा



न्यूयोर्कको ब्रुकलिनस्थित ३७ वर्षीय नील मेल्लोलाई अबेर राति पौडी खेल्न ज्यादै 'चौ चौ' लाग्यो । त्यसैले उनले आफ्नो साथीलाई रातको साढे नौ बजे पौडी खेल्न जान्छु भनी उनी निस्किए ।

पौडीको मजा केही क्षण पनि लिएका थिएनन् कि उनलाई रात्रिकालीन सामुद्रिक ज्वारले हुत्याएर निकै पर पुर्‍यायो । त्यसपछि उनी खाँदिए एउटा पुलको कोप्चो ठाउँमा ।

यता साथी नआइपुगेपछि उनले गोताखोरलाई जानकारी गराए । गोताखोरहरु पनि समुद्रले निकै परै पुर्‍यायो कि क्याहो भनी पाँच माइल टाढासम्म उनलाई खोज्न निस्किए । गोताखोरहरुले उनलाई बिहानको ५:३० बजे मात्र फेला पारे ।

"मैले रात्रिकालीन पौडीको कुनै मजा लिन पाइनँ", सुरक्षित उद्दार भइसकेपछि नीलले भने- "यो अनुभव जीवनकै खराब अनुभव मध्येको रहृयो ।"

यसरी अड्किँदा उनले पानी निल्न चाहिँ निलेनछन् । बिहान ५ः३० बजे भेटिँदा उनको अवस्था चिन्ताजनक थियो, जाडोको कठ्याङ्ग्रिएका कारण ।

उनका कपडा, पैसा राख्ने वालेट र सेलुलर फोन चाहिँ उनले जहाँ राखेका थिए, त्यही पाइएको थियो । शायद नीलले रात्रिकालीन पौडीको बेमज्जा अब अरुलाई राम्रैसँग बताउन सक्छन् होला !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
परिस्थिति माया भव्यता सुन्दरी मूर्ख्याइँ इन्टरनेट श्रीमानश्रीमती गुगल नग्नता फट्याइँ सेलेब्रिटी उपाय बलिउड उदेकलाग्दो यस्तो पनि ! विज्ञापन हलिउड मुद्दा मामिला प्रविधि उदारता
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल