Home» Cinema »Feature

तीन वर्षको दुःख

यम चौलागाइँ त्यसो त कलेज पढाउँछन् । तर कलेज पढाएर मात्र उनलाई चित्त बुझेन । लगभग एक दशकदेखि सिनेमासम्बन्धी लेखहरु लेखिरहेका कारण उनलाई चलचित्र उद्योगसम्बन्धी नै केही नयाँ काम गर्न मन लाग्यो । उनीसँग सोच मात्र थियो, अर्थ अर्थात् पैसा थिएन । तापनि उनले 'नयाँ काम हो कोही न कोही भेटिएलान् नि !' भनेर काम शुरु गरे । हिजोसम्म उनको अभियानलाई सघाउन रत्तिभर जाँगर नदिनेहरुसमेत अहिले उनको कामबाट मख्ख परेका छन् ।

अब प्रशंसा पुग्यो, यिनले के गरे त भन्ने तपाइँलाई लागिसकेको हुँदो हो । त्यसैले सीधै उनको कामतिर तपाइँलाई तानौँ । उनले चलचित्रका सारथी नामक पुस्तक हालै सार्वजनिक गरेका छन् । तीन वर्षको गहकिलो मिहिनेत गरेर तयार पारिएको यो किताब नेपाली चलचित्रका कलाकारसम्बन्धी लेखिएको पहिलो किताब हो ।

यो किताब लेख्ने सोच उनलाई कसरी पलायो त ? "नेपाली चलचित्रका विषयमा पढ्न लायक् कुराहरु किताबी रुपमा मैले पाइनँ । यो पुस्तक निकाल्दा अग्रजहरुको सम्मान पनि हुने र नयाँ पुस्तालाई पनि प्रेरणा मिल्ने हुँदा मैले यो किताब निकालेको हुँ", यमले इनशाडटकमलाई बताए ।

यस पुस्तकमा १९ जना स्वर्गीय चलचित्रकर्मीहरुको परिचय रहेको छ भने बाँकी ३२८ जना जीवित व्यक्तिहरुको बारेमा लेखिएको छ ।

पुस्तक महत्वपूर्ण भए पनि हुनुपर्ने व्यक्ति छुटेका र छुट्नु पर्ने व्यक्तिका बारेमा हालिएका कारण केही खल्लो लागे पनि यस किताबको अर्को संस्करणमा ती कमजोरीहरु सुधारिने उनले बताएका छन् ।

यो पुस्तक निकाल्नलाई आफूले निकै दुःख व्यहोर्नु परेको र यदि चलचित्रकर्मी वसन्तकुमार श्रेष्ठको सहयोग नपाएको भए यो किताबको प्रकाशन सम्भव नहुने उनले बताए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
रिलिज सेलेब्रिटी अभिनेता समारोह सेक्स प्रविधि सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,