Home» Cinema »Feature

भाइमारा लिएर उदाएका उदासी

विगत एक दशकदेखि सङ्गीत र सिनेमाको क्षेत्रमा संर्घषरत् हरि उदासीले उनको पहिलो निर्देशित चलचित्र राजधानीमा सार्वजनिक गर्न भ्याएका छन् । राजधानीका प्रमुख सिनेमा भवनहरुमा प्रदर्शन आरम्भ भएको 'भाइमारा' उनको रिलिज भएको पहिलो चलचित्र हो । यसअघि पनि उनलाई निर्देशक लिएर केही चलचित्र बनाउने निर्माताहरु बजारमा देखिएका थिए । तर, यो चलचित्र भने साँच्चिकै बनेर प्रदर्शन शुरु भएको छ ।

रमाइलो के छ भने यो चलचित्रको गीतकार, सङ्गीतकार, चलचित्रको लेखन तथा निर्देशन सबै हरिले नै गरेका छन् । तर अविश्वसनीय रुपले यसबापत् निर्माता समूहबाट उनले दुइ लाखभन्दा बढी लिएको दाबी गरेका छन् । जसमध्ये केही चलचित्र निर्माताताका नै लिइसकेको र केही लिन बाँकी रहेको हरिको दाबी छ ।

रमेशकुमार पाण्डे, देवीराम पाण्डे तथा ठमादेवी पाण्डेको लगानी रहेको यो चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, अष्ट र देवको द्वन्द्व, दीपक श्रेष्ठको नृत्य निर्देशन, सम्पादन दिनेश श्रेष्ठ र इश्वर पौडेलको रहेको छ ।

बाहिर कहिल्यै नाम नसुनिएको यो चलचित्रले दाङमा ५१ औँ दिन मनाइसकेको दाबी निर्देशकको छ । तर बाहिर यत्रो हिट भइसकेको चलचित्रलाई भने बिनाकुनै हल्ला राजधानीमा प्रदर्शन शुरु गरिएको छ ।

चलचित्रमा सुशील क्षेत्री, दिनेश शर्मा, गरिमा पन्तलगायत अन्यको अभिनय रहेको छ ।

यस चलचित्रले राजधानीका सबैभन्दा बढी शेयर दिने दुइ हल गंगा (बालाजु) र विश्वज्योति (जमल) मा भने अवसर पाएको छैन । राजधानीमा अहिले आवाज तेस्रो सातामा प्रदर्शनरत् छ । 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
रिलिज सेलेब्रिटी अभिनेता समारोह सेक्स प्रविधि सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,