Home» City Life »Updates

लौ घण्टी बजाउनुस् !


तपाइँले घरमा, मन्दिरमा, अफिसमा र मौका परेको जुनसुकै बेलामा पनि घण्टी बजाउनु भएकै हुँदो हो । कलाका पारखीहरु यसको ध्वनिलाई 'अपूर्व ध्वनि' मान्दछन् । त्यसैले त हरेक चार वर्षमा एक पटक ११ अगस्तको दिन पारेर विश्व घण्टी दिवस मनाउने गर्छन् । यो दिन संसारभरका घण्टीप्रेमीहरु आफूलाई पायक पर्दो ठाउँमा भेला भएर आफूसँग भएको घण्टीलाई मज्जाले दिल खोलेर बजाउने गर्दछन् ।

यस वर्षचाहिँ तेस्रो पटक आयोजना हुन गइरहेको 'ग्लोबल बेल कर्न्र्सट' मूलतः जर्मनीको सानो शहर एपोल्दामा भइरहेको छ । जहाँ सक्दो घण्टीप्रेमीहरु जम्मा हुनेछन् र घण्टी बजाउने छन् । यो घण्टी बजाई त्यतिमै मात्र सीमित भने हुने छैन । यो कार्यक्रमलाई जर्मनीकै प्रख्यात टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ भने वेबसाइटमा पनि हेर्न पाइनेछ ।

यसलाई महत्वपूर्ण बनाउन घण्टीप्रेमीहरुले जर्मनीबाहेक अर्जेन्टिनाको ब्युनर्सआयर्स, अमेरिकाको बोस्टन, इटालीको रोम, स्वीजरल्याण्डको लुत्जेफ्लु तथा दक्षिण अष्ट्रेलियाको तानुन्दामा पनि एक साथ घण्टी बजाउने कार्यक्रम राखिएको छ ।

यदि यी ठाउँमा घण्टीप्रेमी छन् भने हाम्रो नेपालमा के कम होलान् त ? पक्कै छैनन् । त्यसैले त कार्यक्रम आयोजक शलील सुवेदी कार्यक्रम आयोजनामा दत्तचित्त भएर लागिपरेका छन् । तपाइँ पनि
घण्टीप्रेमी हुनुहुन्छ भने यस पटकको घण्टी महोत्सवमा सहभागी हुनसक्नु हुनेछ । नेपाली घण्टीप्रेमीहरु चाहिँ स्वयम्भूनाथ स्तुपमा भेला हुनेछन् र  घण्टी मेलाको रमाइलो शुरु हुनेछ ।

रमाइलो के छ भने स्वयम्भूमा भेला तपाइँ मात्र हुनुहुने छैन । त्यहाँ कलाकार, सङ्गीतकर्मी, लेखक तथा दर्शक पनि भेला हुनेछन् । यो भेलालाई जर्मनीको एआरडी टेलिभिजनले टेलिभिजनलाई प्रत्यक्ष प्रसारण मात्र गर्ने छैन इन्टरनेटमा पनि प्रत्यक्ष प्रसारण गर्नेछ ।

तपाइँ पनि घण्टी प्रेमी हुनुहुन्छ भने यसो पनि गर्नुस्, तपाइँको घरमा भएको नेपाली पूजा घण्टी आफूसँग बोक्नुस् र विश्व कला महोत्सवमा आफ्नो सहभागिता जनाउनुहोस् । शनिबार साँझ छ बजे स्वयम्भूमा भेला हुनुहोस् र संसारभर घण्टी संस्कृतिलाई उर्वर बनाउनुस् ।

उसो जाने हैन, घण्टी बजाउन ! टिङ-टिङ !!

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
events माओवादी संविधानसभा हल्ला सेलेब्रिटी मोबाईल awards streets hi-life पेट्रोल अनुभव crisis समलिङगी celebrity festival
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema,