Home» Around the World »Weird and Interesting

५५ वर्षपछि पेन्सिल निकालिँदा...


जर्मनीकी एक महिलाको टाउकोबाट हालै पेन्सिल निकालिएको जर्मन समाचार पत्रिका बाइल्डले सोमबार जनाएको छ ।

यी महिलालाई विगत ५५ वर्षदेखि टाउको दुख्ने र नाकबाट रगत बग्ने रोग थियो । तर यसको कारण चाहिँ ५५ वर्षघि उनको टाउकोमा घुसेको पेन्सिल थियो भन्ने हालै पत्ता लागेको छ ।

मार्गरेट वेग्नर चार वर्षो उमेरदेखि पेन्सिल हातमा खेलाउने गरेकी थिइन् । "तर एक दिन खेलाइरहेको पेन्सिल टाउकोको छालामा घुस्यो । र, टाउकोमै बिलायो", वेग्नरले समाचारपत्रलाई भनिन् ।

यो पेन्सिल उनको टाउकोको यस्तो क्लिष्ट मष्तिस्क छेउमा घुस्यो कि उनको समयमा यस्तो ठाउँको पेन्सिल अपरेशन गरेर निकाल्ने कुरा दुस्वप्न नै हुन्थ्यो । कसैले पनि अपरेशन गर्छु भनेर हिम्मत जुटाएनन् । तर अहिले प्रविधि यति बढेको छ कि यस्ता समस्यालाई तुरुन्तै समाधान गर्न सकिने भएको छ । यही प्रविधि उपयोग गरेर अहिले उनको टाउकोमा भएको पेन्सिल झिकिएको छ ।

जर्मनीका प्रायः पेन्सिलहरु तीन इञ्च लामा हुन्छन् । उनको यो पेन्सिल बर्लिन शहरको एउटा निजी क्लिनिकमा अप्रेसन गरी निकालिएको थियो । तर यसको टुप्पो चाहिँ निकाल्न सकिएन ।

पेन्सिल निकालिसकेपछि मार्गरेटले भनिन्- "जीवनबाट एउटा शूल निस्किएझैँ भएको छ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
परिस्थिति माया भव्यता सुन्दरी मूर्ख्याइँ इन्टरनेट श्रीमानश्रीमती गुगल नग्नता फट्याइँ सेलेब्रिटी उपाय बलिउड उदेकलाग्दो यस्तो पनि ! विज्ञापन हलिउड मुद्दा मामिला उदारता प्रविधि
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship,