Home» Around the World »Weird and Interesting

आफ्नै कीर्तिमान तोडिएन



सन् १९८० को दशकमै चर्चा कमाएको फङ्क र डिस्को समूह काजुको संसारकै सबैभन्दा ठूलो साङ्गीतिक समूह बनाउने प्रयास असफल भएको एपी समाचार संस्थाले जनाएको छ । उनीहरुले थुप्रै मान्छेहरु भेला गराए पनि पर्याप्त हुन नसकेका कारण असफलता हात परेको हो ।

आयोजकहरुले लगभग ३ हजार सङ्गीतकर्मी भेला होलान् भन्ने आशा गरेका थिए तर आइपुगे २ हजार ६ सय मात्र । भेला भएका व्यक्तिहरुले पनि तिनको सबैभन्दा हिट गीत 'स्काइ जू' गीतलाई बजाएका थिए ।

तर यसलाई कीर्तिमानी बनाउन नसकिए पनि यो समूहले मनोरञ्जक बनाउन चाहिँ कुनै कसर छाडेका थिएनन् । करिब २ हजार व्यवसायिक सङ्गीतकर्मी र वाद्यवादकहरुले रमाइलो कर्न्र्सट नै गरिदिए त्यहाँ ।

सन् २००४ मा यसरी भेला भएर रेकर्ड बनाउने क्रममा द क्वेन्सी पार्क ब्याण्डले सन् २००४ मा एक हजार ७ सय ९१ सङ्गीतकर्मीको ठूलो ब्याण्ड बनाउन सफल भएका थिए । यो रेकर्डलगत्तै गएको वर्षनयाँ वर्षो उपलक्ष्यमा काजू ब्याण्डले २ हजार ६ सय व्यक्तिहरु भेला पारी संसारकै सबैभन्दा ठूलो ब्याण्ड बनाउने कीर्तिमान कायम गरेका थिए । आफ्नै कीर्तिमान तोड्न यस पटकको यो कार्यक्रम गरेको भए पनि अघिल्लो समय जति नै संगीतकर्मी भेला भएकाले कीर्तिमान बनाउन सकेनन् ।

गिनिज वर्ल्ड रेकर्डको आवश्यकता अनुसार भेला भएका सबै सङ्गीतकर्मीहरु 'व्यवसायिक' हुनु पर्ने तर जाँचपासको समयमा सबै सङ्गीतकर्मीहरु बजाउन र गाउनमा पोख्त नरहेको पनि स्पष्ट भएपछि उनीहरुले आफ्नै कीर्तिमान तोड्न सकेनन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ मुद्दा मामिला नग्नता उदारता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो उपाय
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology,