Home» Music »Feature

फुर्वा  भए निर्देशक



एउटा अक्षरको गीत गाएर चर्चामा आएका फुर्वा शेर्पा केही समय परिदृश्यबाट गायब भएका थिए । तपाइँलाई थाहा छ किन हराए उनी ? उनी मुम्बईको एसएई कलेज अफ फिल्म मेकिगमा सिनेमा निर्माण पढ्दै थिए । अहिले उनको अन्तिम वर्षको पढाइ सकिएपछि प्रख्यात भारतीय गायक उस्ताद सुल्तान खान र प्रख्यात गायिका चित्रा सिंहको गीत हाई रे रातभर...लाई भिजुअल गर्न काठमाडौँ आएका छन् ।

यो कामका लागि उनी एक्लै चाहिँ आएका होइनन् । फुर्वासँगै उनका अर्का निर्देशक साथी अभिजीत नायर, त्यस्तै सम्पादक दिनेश पनि नेपाल आएका छन् ।

यो म्युजिक भिडियोमा अभिनय भने जीवन लुइटेल र सञ्चिता लुइटेलले गरेका छन् । उस्ताद एण्ड डिभाज् एल्बमको यो गीत बनाउनु अघि नै केही छोटा सिनेमा र विज्ञापन पनि फुर्वाले बनाइसकेको बताए ।

१२ घण्टाभित्रै सुटिङको काम सकेका फुर्वाले यसको बाँकी काम मुम्बईमा नै गर्नेछन् । नेपालमा उनको सबै कामलाई प्रबन्ध मिलाइदिएका थिए, डिजिटल एफएक्सका जनकदीपले ।

फुर्वा चलचित्र निर्माण पढिसकेपछि आफ्नो 'स्कोप' उतै अर्थात् मुम्बईमा नै रहेको इनशाडटकमसँगको वार्तामा बताए ।

मुम्बईबाट आएका फिल्म सम्पादक दिनेश, मोडल जीवन लुइटेल, नायिका सञ्चिता लुइटेल, भिडियो निर्देशक अभिजीत नायर, निर्माण संयोजक जनकदीप, निर्देशक फुर्वा शेर्पा र छायाँकार सागर प्रधान


सञ्चिता लुइटेल, जीवन लुइटेल फुर्सदको क्षण उपयोग गर्दै




छायाँकार सागर प्रधान आफ्नो खिच्ने कोण मिलाउँदै


निर्माण संयोजक जनकदीप र नायिका सञ्चिता

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
ट्रयाक बाहिर गायक रिलिज लुकेका कुरा प्रेम र विवाह क्या बात ! गायिका कीर्तिमान तातोपीरो सङ्गीतकार कन्सर्ट रुचि उपलब्धि नेपाली तारा गीतकार भिडन्त विचार हल्ला विवाद बजारमा
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,