Home» City Life »Updates

नीलडेभिडको चौथो कमाल !

नेपाली सौन्दर्य संसारमा नीलडेभिड अब नयाँ नाम रहेन । यिनै डेभिडले सौन्दर्य प्रदायनमा अर्को एउटा शृङ्खला रचेर सौन्दर्यप्रेमीहरुलाई हर्षोन्मुख पारेका छन् ।

राजधानीमा नीलले आफ्नै नामको
सौन्दर्य पार्लरको संख्या तीन पुर्‍याएका छन् । बिहीबार नेपाली चलचित्रकी लोकप्रिय नायिका रेखा थापाले यो शृङ्खलाको काठमाडौँ मलको चौथो तलामा रिबन काटेर उद्घाटन गरिन् । उनलाई गायक बाबु बोगटीले नरिवल फुटाएर शुभशाइत निम्त्याउन सघाएका थिए ।

उनको अर्को शाखा पोखरामा केही महिनाअघि उद्घाटन गरिसकेका छन् ।

यो कार्यक्रमलाई झकास् बनाउन नीलले कुनै कसर छाडेका थिएनन् ।
सौन्दर्य पसललाई उनले विभिन्न किसिमका रङ्गीचङ्गी कागज र फूलहरुको सिंगारेका थिए । उनले यो सौन्दर्य पसललाई सेलिब्रिटी सेलुन बनाउन चाहेको पत्रकारहरुलाई बताए ।

"मेरा सबै सेलुनमा ज्यादै भीड हुन थाल्यो । जसका कारण सेलिब्रिटीहरुले अधिकांश समय उभिएर र कुरेर बिताउनु पर्ने देखियो । उहाँहरुको समस्यालाई मध्यनजर गरेर यो शाखाको विस्तार गरेको हुँ", चिरपरिचित मुस्कानका साथ नीलले भने- "अब धेरै उहाँहरुले कुर्नु पर्दैन ।"

त्यसो त यो सेलुनलाई सेलिब्रिटीका लागि मात्र ओगट्ने पक्षमा छैनन् । सर्वसाधारणले पनि यहाँ आएर आफूलाई रम्र्याउन सक्छन् ।

कार्यक्रममा चलचित्र निर्देशक राजेन्द्र शलभ, मानवअधिकारकर्मी सुदीप पाठक, माइती नेपालकी अनुराधा कोइराला, प्रथम मिस नेपाल रुबि राणालगायत अन्य गन्यमान्य व्यक्तिहरुको समेत उपस्थिति थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
सेलेब्रिटी celebrity पेट्रोल मोबाईल हल्ला समलिङगी awards माओवादी crisis संविधानसभा अनुभव streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,