Home» City Life »Updates

संकटमा सगरमाथा

गएको जुलाई ७ तारिखमा सम्पन्न संसारका सात नयाँ आश्चर्यको घोषणाको लगत्तै अहिले प्रकृतिका अनुपम आश्चर्यको घोषणा गरिने भएको छ । नेचुरल७वर्न्र्डसडटकमका अनुसार इन्टरनेटको माध्यमबाट संसारभरका विभिन्न विधामा रहेका प्राकृतिक आश्चर्य जम्मा गरी जम्मा भएका थुप्रै प्राकृतिक आश्चर्यहरुको नामाङ्कनमाथि भोट गरी सात वटा आश्चर्यहरुको घोषणा गरिनेछ ।

नामाङ्कन गर्ने दिन आउँदो एक सातासम्म रहेको छ ।

उसो भए नेपालका यत्रा प्राकृतिक अचम्मका दृश्यहरुलाई नामाङ्कनमा कसरी पार्ने होला त ? भन्ने सोचिरहनु भएको छ भने चिन्ता नगर्नुस् । तलका केही निर्देशन पालना गर्नु भए मात्र पनि र आफूले जानेका कुरा अरुलाई फरवार्ड गरिदिनु भयो भने मात्र पनि नामाङ्कनमा पर्न सक्छ ।

न्यू७वर्न्र्डस.कममा गएर नोमिनेशन फर द न्यू सेभेन वर्न्र्डस अफ नेचरमा क्लिक गर्नुहोस् । त्यसले तपाइँको इमेल र देशको नाम माग्नेछ । त्यसपछि सात वटा विभिन्न साइटको नाम माग्नेछ । नेपालमा रहेका आश्चर्यजनक ठाउँहरुको सूचि हालिसकेपछि त्यो सूचनालाई तपाइँले सबमिट गर्नुपर्नेछ ।

जस्तो कि तपाइँले सगरमाथा पार्कलाई नामाङ्कन गर्न मन पराउनु हुन्छ भने शुरुमा सगरमाथा पार्क लेख्नुस् । त्यसपछिको ठाउँमा नेचर कन्जरभेन्सी पार्क भन्नुस् । त्यसपछि नेपाल देश लेख्नुस् ।

यति गरिसकेपछि तपाइँको इमेल ठेगानामा तपाइँको सूचना आइपुग्छ । तपाइँको इमेलमा आइपुगेको सूचनाको हाइपरलिङ्कलाई क्लिक गरिसकेपछि मात्र तपाइँको भोट सुनिश्चित हुन्छ ।

तपाइँले नामाङ्कन एकै पटकमा सात विभिन्न ठाउँको गर्न सक्नु हुन्छ भने एउटै नामाङ्कनलाई मात्र पनि सबमिट गर्न सक्नु हुन्छ ।

अहिले धेरै जसो व्यक्तिहरुले नेपालको सगरमाथा राष्ट्रिय निकुञ्जलाई विश्वकै आश्चर्यजनक प्राकृतिक छटाको रुपमा नामाङ्कन गरिरहेका छन् । हामीले पनि सगरमाथालगायत अन्य विभिन्न आश्चर्यजनक प्राकृतिक छटाहरुलाई नामाङ्कन गर्न कम्मर कसौँ । किनभने  नामाङ्कनमा पर्नु भनेको नेपाल र नेपालका यी अद्भूत दृश्यको सित्तैमा करोडौँ डलरको प्रचार हुनु हो । तर, यस पक्षमा धेरै कम व्यक्तिको मात्र ध्यान गएको छ ।

यदि भारतीयहरुले ताजमहललाई संसारकै ख्यातिप्राप्त सात आश्चर्यमा पार्न सक्छन् भने हामीले पनि हाम्रो गौरव सगरमाथालाई किन प्राकृतिक आश्चर्यका रुपमा पार्न सक्दैनौँ ?

त्यसैले बाँकी रहेको अबको एक साता हामीले हाम्रो छरछिमेक र वरपरका व्यक्तिहरुलाई पनि इन्टरनेटमा रहेको यो वेबसाइटको हल्लाखल्ला गरी नेपालको गौरव सगरमाथालाई विश्वकै सात अद्भूत आश्चर्यका रुपमा स्थान दिलाऔँ ।

रोचक कुरा पनि सुनिहाल्नुस्, यो नामाङ्कन आउँदो ०८.०८.०८ सम्म चलिरहन्छ । अर्थात् आउँदो सन् २००८-०८-०८ का दिन संसारकै प्राकृतिक अद्भूत स्थानको घोषणा हुनेछ । जसमा २१ वटा विभिन्न प्रतिस्पर्धी हुनेछन् । ती २१ मध्येबाट अन्त्यमा ७ अद्भूत प्राकृतिक स्थलको घोषणा हुने उक्त वेबसाइटले जनाएको छ ।

अर्को महत्वपूर्ण कुरा के पनि छ भने, जुन तपाइँले भुल्नै हुन्न । तपाइँले नामाङ्कनका लागि पठाएको इमेल ठेगाना चाहिँ सही हुनुपर्छ । यदि गलत इमेल ठेगाना पठाउनु भयो भने नामाङ्कन रद्द हुनेछ । उसो भए सगरमाथालाई प्राकृतिक आश्चर्यमा दर्ता गराउने होइन त ?

For nomination please log on to : http://www.natural7wonders.com

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
events traffic party festival releases beauty pageant bizarre city wedding culture celebrity real picture bandhs & protests hi-life awards story travel
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,