Home» Around the World »Weird and Interesting

म्याक्डोनाल्डलाई मुद्दा

अमेरिकी रेष्टुराँ म्याक्डोनाल्डले चीनमा आफ्नो शाखा विस्तार गरेको छ । यो खबर त कुनै नौलो र तपाइँलाई छक्क पार्ने हुँदै होइन तर म्याकडोनाल्डले आफ्नो रेष्टुराँमा अंग्रेजीमा सूचना टाँस्यो भनेर एक वकिलले सूचनाको हकसम्बन्धी मुद्दा दायर गरेका छन् ।

चिनियाँ ग्राहकहरुले अंग्रेजी नबुझ्ने तर म्याक्डोनाल्डले सूचना जति सबै कुरा अंग्रेजीमा राख्यो भनेर उनले यो मुद्दा दायर गरेका हुन् । उनको आग्रह छ, म्याक्डोनाल्डले जारी गर्ने सबै सूचना चिनियाँ भाषामा होस् । अरु त अरु म्याक्डोनाल्डको लोगो पनि अंग्रेजीमा नभई चिनियाँ भाषामा होस् भनेर उनले मुद्दा दायर गरेका हुन् ।

ती वकिलको नाम छोटकरीमा मात्र उपलब्ध गराइएको छ । शान भनिएका ती वकिलले संसारकै सबैभन्दा ठूलो साङ्ले रेष्टुराँलाई मुद्दा हालेका हुन् । उनले म्याक्डोनाल्डका बेइजिङमा रहेका दुइ रेष्टुराँमा गएको मे र जुन महिनामा खाजा खान गएका थिए । खाजा खाँदा आफूले भाषाका कारण अप्ठेरो महसूस गर्नु परेको र आफूले सास्ती भोग्नु परेको उनको दाबी छ ।

"हाम्रो देशमा आएर हाम्रै नाकै मुन्तिर व्यापार गर्ने, अनि हामीले उसको व्यापारको सूचि नै नबुझ्ने- यो त अति भयो", ती वकिलले मुद्दा हाल्नुको कारण बताउँदै बेइजिङ युथ डेलीलाई बताए- "हामीले के खाने र त्यो खाने चिजको चिनियाँ नाम के हो भन्ने चैँ हामीले थाहा नपाउने ?"

शानले उसो भए के चाहेका छन् त म्याक्डोनाल्डसँग - "म चाहन्छु, रेष्टुराँले हामीसँग माफी मागोस्, अर्काको देशमा अर्कै भाषामा व्यापार गर्न खोजेकोमा । र, सांकेतिक क्षतिपूर्तिका रुपमा उसले मलाई एक युआन तिरोस् । मैले चाहेको यति मात्र हो", शानले बताए । यो मुद्दा अदालतमा गएको बिहीबारदेखि चलिरहेको छ ।

यता रेष्टुराँले चाहिँ वकिलले लगाएको सबै आरोप झूटो भएको बताएको छ । रेष्टुराँका प्रवक्ताले पत्रिकासँग भने- "हल्ला त गर्नु तर अति नगर्नू ! किनभने हामीले सबै सूचनाहरु चिनियाँ भाषामा राखेकै छौँ । अर्को कुरा विज्ञापन पनि चिनियाँ भाषामै छाप्ने गरेका छौँ र खानाको मिनु पनि सबै स्थानीय भाषामा नै हुने गरेको छ । त्यति मात्र होइन, सबै कामदार चिनियाँ भाषामा नै बोल्छन् ।"

७० को दशकदेखि चीनमा सुधारवादी समाजवाद लागू भएयता नै विदेशी भाषाको प्रयोगबारे विवाद र छलफल चलिरहेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मुद्दा मामिला माया सुन्दरी सेलेब्रिटी गुगल विज्ञापन भव्यता इन्टरनेट नग्नता मूर्ख्याइँ बलिउड श्रीमानश्रीमती फट्याइँ उदेकलाग्दो उपाय हलिउड परिस्थिति कीर्तिमान उदारता यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,