Home» Around the World »Weird and Interesting

संसारकै तगडा औँला !

चीनका एक व्यक्तिले आफ्नो एउटै औँलाले लहरै उभ्याइएका चार वटा कारलाई तान्न सफल भएर विश्व रेकर्डको दौडमा आफूलाई उभ्याएका छन् ।

५६ वर्षीय जी फेङशानले हार्बिन शहरको जुझान पार्कमा आफ्नो कौशलता देखाएका थिए । त्यहाँको स्थानीय दैनिक हार्बिन दैनिकले जनाएअनुसार उनले ती चार वटा कारलाई आफ्नो मझौला औँलाले तानेका थिए । पत्रिकाले लेखेको छ- उनको मझौला औँलामा एउटा धातुको औँठी बेरेका थिए । बेरिएको औँठीमा एउटा गतिलो डोरी थियो । त्यो डोरी र औँठीको सहयताले उनले मझौलो औँलाको भरमा चार वटा ट्याक्सीलाई तान्न सफल भएका थिए । उनले ती कारलाई एक मिटर परसम्म तानेका थिए ।

झिले यो काम गएको ४४ वर्षदेखि अभ्यास गरिरहेका थिए ।

"जब म १२ वर्षको थिएँ, मैले रुखको काम गर्ने व्यक्तिहरुले ठूल्ठूला रुखका ठुटाहरु लगभग १२० केजीसम्म मात्र एउटा औँलाको भरमा उचालेको सुनेको थिएँ । मलाई लाग्यो कि त्यो सुनेको कुरा यस्तै केही काममा लगाउन सकिन्छ", उनले स्थानीय अखबारलाई बताए- "त्यही भएर यसमा मैले प्रयोग गरेको हुँ ।"

त्यो बेलादेखि उनले आफ्नो मझौलो औँलालाई यस्तै प्रयासका लागि व्यस्त बनाइराखे ।

"हरेक दिन मैले मेरो मझौला औँलालाई खर्पन बोक्न प्रयोग गरेँ । र, मैले यसमा क्रमशः सफलता पाउँदै गएँ । यसपछि मैले हरेक खर्पनमा पानीको मात्रा बढाउने, ढुंगामुढाको संख्या बढाउँदै गर्न थालेँ । यसले मलाई ठूलो सहयोग गर्‍यो र आज मैले चार वटा गाडीलाई तान्न सफल भएँ", उनले बताए ।

रोचक कुरा त के छ भने उनी पछिल्लो समय बस निर्माण कम्पनीमा काम गर्थे । यत्तिका वर्ष त्यहाँ काम गर्दा पनि उनले बसलाई तान्ने अभ्यास गर्न छाडेका थिएनन् । यसैबाट प्रेरित भएर उनले आज चार वटा ट्याक्सी तान्न सफल भएको उनले कार्यक्रमस्थलमा पत्रकारहरुलाई जानकारी दिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! कीर्तिमान सुन्दरी बलिउड माया श्रीमानश्रीमती इन्टरनेट सेलेब्रिटी परिस्थिति फट्याइँ मुद्दा मामिला उदारता नग्नता भव्यता मूर्ख्याइँ विज्ञापन हलिउड सेक्स गुगल उदेकलाग्दो
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,