Home» Cinema »Feature

आवाजबाट निर्माता खुशी


माओवादी आन्दोलनलाई पर्दामा देखाउने होड चलिरहेको बेला पहिलो पटक माओवादी इतिहास समेटिएको भनिएको 'आवाज' चलचित्र शुक्रबारदेखि राजधानीमा प्रदर्शन शुरु भएको छ ।

चलचित्रका निर्माता तथा कलाकार नवल खड्काले शुक्रबार पत्रकार र कलाकारका बीच बसेर आवाज चलचित्र हेरे ।

आवाज  एउटा कथानक चलचित्रभन्दा बढी वृत्तचित्रजस्तो भएको प्रतिक्रिया केही दर्शकको थियो भने केहीले भने कथानक बिनाको चलचित्र । तर पनि साउने झरीमा यसको व्यापारबाट निर्माता खड्का मख्ख छन् ।

नवल खड्काको निर्माण तथा बद्री अधिकारीको निर्देशन रहेको यस चलचित्रमा माओवादी केही छापामारले पनि अभिनय गरेका छन् ।

उपत्यका बाहिर उति राम्रो व्यापार गर्न नसकेको यो चलचित्र राजधानीभित्र चाहिँ अनपेक्षित व्यापार गर्न सफल भएको खड्काको दाबी छ । निर्माताका अनुसार सिनेमा हलभित्र भन्दा बाहिर तीन दोब्बर मान्छेहरु साउने झरीमा भिजेर टिकटका लागि लाइन लागिरहेका थिए । "यस्तो दृश्य निकै कम देखिन्छ", उनको भनाई थियो ।

दुइ दिनको व्यापार नै राजधानीका विभिन्न हलबाट आठ लाखभन्दा बढी भएकाले यसले पछिल्लो समयका हिट सिनेमाहरु युद्ध  पालेदाइलाई उछिन्ने दाबी निर्माता खड्काको छ ।

"लौरी टेकेर बूढाबुढी सिनेमा हेर्न आएका छन्", उत्साहित नवलले इनशाडटकमसँग भने- "माओवादी मन्त्रीहरु मातृका यादव, केही विधायकहरु र प्रचण्डका पिता र प्रचण्डका छोरा समेतले सिनेमा हेरेर मलाई धन्यवाद दिइसकेका छन् । त्यति मात्र होइन, सिनेमाको व्यापार पनि उकालो लागिसकेको छ ।"

त्यसो त उपत्यकाबाहिर फ्लप भइसक्यो भनेर हल्ला गर्नेहरुका लागि उनीसँग राम्रै जवाफ छ । उनले भने- "यो कुरा सत्य हो कि पोखरामा यो सिनेमाको व्यापार हामीले चाहेजस्तो भएको होइन । तर अन्य ठाउँमा त्यसबेला रिलिज भएका अन्य चलचित्रभन्दा राम्रो व्यापार गरेको थियो ।"

उनलाई खुशी त केमा लागिरहेको छ भने १५ वर्षदेखि हलमा नगएका व्यक्तिहरु गएर उनको सिनेमा हेरेका छन् । यसबाट उनी अन्य सिनेमाको भन्दा दुइ चार लाख बढी नै शेयर आउने कुरामा विश्वस्त छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
रिलिज अभिनेता सेलेब्रिटी समारोह सेक्स प्रविधि सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country