Home» Cinema »Feature

चलचित्र फाँटमा अर्को वेबसाइट

आकाश अधिकारी नयाँ काम गर्न हरदम उत्साहित हुन्छन् । क्रोध चलचित्रको सफलतासँगै उनले आफ्नो ब्यानरको नाममा सञ्चालन गरेको वेबसाइट दस्काईमुविजडटकमलाई नयाँ स्वरुपमा पस्किएका छन् ।

किन त यो वेबसाइट, जबकि नेपालमा इन्टरनेट उति लोकप्रिय छैन - "हाम्रा राम्रा कामका बारेमा संसारभर र्छर्ने उपयुक्त माध्यम यहि छ, त्यसैले", निर्देशक आकाश अधिकारी भन्छन्- "आफूले गरेका र गर्ने कामको सूचना राख्ने र त्यसबाट अरुका कुरा सुन्ने प्रशस्त सम्भावना रहेकाले मैले यो वेबसाइट बनाएको हुँ ।"

सन् १९९६ मा स्थापित स्काई मुविजको ब्यानरमा आकाशले पंक्षी र क्रोध गरी दुइ चलचित्र निर्माण गरिसकेका छन् । द सन राइज् र काठमाडौँ चलचित्र भने बनाउने तर्खरमा छन् । खासगरी द सन राइजको प्रचारका लागि उनले यो वेबसाइट बनाएका हुन् ।

आफ्नो डोल्पा भ्रमणताका बहुपति प्रथा अस्तित्वमा रहेको देखेपछि चलचित्र बनाउने सोच पलाएपछि उनले त्यो विषयको न्यायका लागि विदेशी लगानी कुरिरहेका छन् । "यो सिनेमाका लागि कम्तीमा दर्ुइ/तीन करोड खर्च हुन्छ", आकाशले जोड दिँदै भने- "नेपालीले नेपालमै चलाएर यो पैसा उठ्ने सम्भावना छैन । त्यसैले यसको वृहद् व्यापारका लागि विदेशी लगानी खोजेको हुँ ।"

यो चलचित्रका लागि उनले जर्मनीका चार साथीहरुको सहयोग पाइसकेका छन् तर भन्छन्- "मलाई हरेक विकसित देशबाट कम्तीमा एउटा निर्माता चाहिएको छ । जर्मनी, युके, अमेरिका, जापानजस्ता देशबाट लगानीकर्ता खोज्न सकिएमा सोहीसोही देशमा सिनेमा चलेपछि उनीहरुले 'रिर्टन' लिन सकून् भन्ने मेरो उद्देश्य हो ।"

क्रोध चलचित्रले पाँच वर्षयताको सबै रर्ेकर्ड तोडेको खुशीसँगै उनले यो वर्षो चलचित्र अवार्डमा सर्वोत्कृष्ट चलचित्र अवार्ड पनि हात पारेका छन् । यो सफलतापछि उनी नयाँ चलचित्र 'शासन' निर्देशन गर्ने तयारीमा छन् । शासनमा दिजेन्द्र शाक्य र लोकेन्द्र कार्कीको लगानी रहने आकाश अधिकारीले बताएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेता सेलेब्रिटी समारोह रिलिज सेक्स प्रविधि सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,