Home» Cinema »Feature

निर्देशकको घर तोडफोड !

प्रख्यात नायक तथा निर्देशक बिस्व बस्नेतको घर तोडफोड भएको छ । उनको घर कुनै गुण्डा, चोर, डाकाले तोडफोड गरेका भने होइनन्, नेपाल सरकारले तोडफोड गरेको हो ।

अधिकार सम्पन्न बागमति पूर्वाधार विकास आयोजनाले बागमति नदीको दायाँबायाँ सडक बनाउने योजना अनुरुप नदी दायाँबायाँका अवैधानिक रुपमा बनेका घर, टहरा तथा अन्य चिजबिज तोडफोडमा पर्दा चलचित्र नायक तथा निर्देशक बिस्व बस्नेतको घरको पर्खाल पनि तोडाइमा परेको हो ।

"मैले नदी मिचेर घर बनाएको होइन", घर किन भत्कियो त भन्ने इनशाडटकमको प्रश्नमा बस्नेतले भने- "नदीबाट २० मिटरको भाग सडक बनाउने र त्यसपछिको १० मिटरको ठाउँ सडक चौडा बनाउने सरकारी निर्णयका कारण मेरो दुइ आना जग्गा तोडफोडमा परेको हो ।"

पर्खाल र आँगन फोडिएपछि सडक चौडा त भयो तर ढल विकास आयोजनाले चाहिँ पर्खाल बनाउन अझै पनि दिएको छैन । उनको गुनासो छ- "घरको आँगनलगायत सबै कुरा भत्कियो तर अब त्यसलाई बनाउँछु भन्दा पनि ढल विकास विभागले दिएको छैन । अहिले नबनाउनूस्, त्यो पनि भत्काउनु पर्ने हुनसक्छ किनभने यो अझै चौडा बनाउने योजना बनिरहेको छ, भन्ने जवाफ दिइरहेको छ ।"

सरकारले तोडफोड गरेको दुइ आना जग्गाको मुआब्जाका बारेमा पनि सरकार र ढल विकास आयोजना, अधिकार सम्पन्न बागमति पूर्वाधार विकास आयोजना आदि चूप लागेका कारण उनी क्षुब्ध छन् । "कम्तीमा मेरो जग्गा तोडफोड गरेपछि त्यसको मुआब्जा त दिनु पर्‍यो नि !" सरकारी नीति कार्यान्वयन पक्ष फितलो भएकोमा आलोचना गर्दै निर्देशक बस्नेतले भने- "या त जनतालाई चित्त बुझाउन सक्नु पर्‍यो या त काम शुरु नै गर्नु भएन, होइन त ?"

होइन कसरी भन्नु ! पाउनु पर्ने मुआब्जा त खुरुक्क सरकारले दिनु पर्‍यो नि ! कि कसो पाठकवृन्द !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेता सेलेब्रिटी समारोह रिलिज सेक्स प्रविधि सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,