Home» Cinema »Feature

भिडियोमा नयाँ प्रयोग !


चलचित्र कागबेनी निर्माणसम्बद्ध निर्देशक तथा कलाकार

आफ्नो चलचित्रलाई बेग्लै किसिमले प्रचार गर्न र खासगरी म्युजिक भिडियोमा रुचि राख्ने युवाहरुलाई सिनेमा हलसम्म तान्न क्वेष्ट इन्टरटेन्मेन्टले आफ्नो चलचित्र कागबेनीको प्रचार गर्न नयाँ शैली अपनाएको छ ।

१९७४ एडी साङ्गीतिक ब्याण्डले कागबेनीको थिम गीतलाई तयार मात्र गरेको छैन, त्यसको म्युजिक भिडियोमा समेत अभिनय गरेको छ । यसको
म्युजिक भिडियो हालै सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ ।

चलचित्रभित्र प्रयोग नहुने तर म्युजिक भिडियोका रुपमा टेलिभिजन र सिनेमाका पर्दामा देखिने चलचित्रको गीति भिडियो हलिउडका ठूला चलचित्रहरुमा धेरै पहिलेदेखि प्रयोग गरिँदै आएकाे हाे । नेपाली चलचित्रमा उपयाेग गरिएकाे यो शैली पहिलो पनि होइन । यसअघि निर्देशक मनोज पण्डितले आफ्नो चलचित्र लक्ष्यका दर्शक युवावर्गलाई नै लक्षित गरी सुगम पोखरेललाई लिएर यस्तै विज्ञापन भिडियो बनाएका थिए ।

कागबेनी चलचित्रको म्युजिक भिडियोको निर्माण चाहिँ चलचित्रको मुख्य विषय अन्तर्गत नै रहेकाले अन्य चलचित्र गीतभन्दा फरक र अरुलाई चासो जगाउने किसिमको रहेको छ । खासगरी गीतमा संलग्न ब्याण्डका सदस्यहरु सबैले आफ्नो अनुहारमा गरेकाे रहस्यात्मक पेन्टिङ र भिडियोको शुरुवाती र अन्तिम दृश्यमा बाँदरको पञ्जालाई पनि ठाउँ दिएर दर्शकहरुलाई चासो जगाउन भिडियो सफल भएको छ । सँगैमा सिनेमा सम्बद्ध कतिपय दृश्यहरुले पनि म्युजिक भिडियोमा ठाउँ पाएको छ । जसले चलचित्रप्रति चासो बढ्ला भन्ने निर्माण समूहको आशा छ ।

शनिबार यही म्युजिक भिडियोलाई मोक्ष रेष्टुराँमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरियो । कार्यक्रममा चलचित्रका निर्माताद्वय भाष्कर ढुङ्गाना र नकिम उद्दीन, चलचित्रका निर्देशक भूषण दाहाल, चलचित्रका कलाकारहरु सौगात मल्ल, दीया मास्के तथा पूजा गुरुङ लगायत उक्त भिडियोका निर्देशक किशोरध्वज कार्कीका साथै अन्यको उपस्थिति रहेको थियो ।


 कार्यक्रमको शोभा बढाउन उपस्थित कागबेनी समूहका सपोर्टरहरु


हे सेक्से लेडी !: चर्चित आरजे प्रशान्त तथा अन्य




गीतकार तथा फूर्सद डटकमका नरेशदेव पन्त, साइबर संसारका निर्देशक अभिनव कसजू तथा क्वेष्ट इन्टरटेन्मेन्टका नकिम उद्दिन


काम ठूलो मन्तव्य सानोः गीत र म्युजिक भिडियोका बारेमा बोल्दै निराकार


यु नो, मंकीज् प कस्तो हुन्छ ?: शायद यस्तै केही बताउँदै १९७४ एडी ब्याण्डका निराकार याक्थुम्बा


अग्रजहरुले देखाएको बाटो हिँड्ने कि नहिँड्ने !: कान्तिपुर टेलिभिजनका योपेश प्रधान, समाचारवाचक तथा गायक सुदीन पोखरेल तथा भिडियो निर्देशक आसिफ शाह


कागबेनीका पटकथाकार प्रशान्त रसाइली तथा नायक सौगात मल्ल


कागबेनीका निर्मातामध्ये एक नकिम उद्दिन साथीसँग गफ्फिँदै


कतै अर्को चलचित्रको नायक मै त होइन !: मोडलजस्ता रेडियो जकी रेमन श्रेष्ठ


रिर्टन फ्रम अमेरिकाः वेभ म्यागेजिनका पूर्व सम्पादक कसिसदास श्रेष्ठ


कोलगेट मुस्कानः पूजा गुरुङ तथा उनका ब्वाई फ्रेण्ड


कोगलेट मुस्कान नम्बर दुइः निर्माता नकिम उद्दीन आफ्नो छोटो भाषण सकिएपछि


कोलगेट मुस्कान ३: ग्रिन प्रोडक्शनका निरज कोइराला


मलाई बोल्न त आउँदैन, तर सिनेमाको पब्लिसिटीको कुरा पर्‍यो !: निर्माता भाष्कर ढुंगाना

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
समारोह अभिनेता सेलेब्रिटी रिलिज सेक्स प्रविधि सुटिङ अभिनेत्री हल्ला पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,