Home» Cinema »Feature

अब पालो अर्को अवार्डको

अब तपाइँ पालो पर्खनुस्, अर्को नेपाली चलचित्र महोत्सव तथा अवार्ड कार्यक्रमका लागि ।

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनले भदौ-असोजमा नेपाली चलचित्र महोत्सव-२०६४ को आयोजना गर्ने भएको छ । धरानमा सम्पन्न हुने यो कार्यक्रमलाई आयोजकहरुले अन्य अवार्ड कार्यक्रमभन्दा पृथक हुने दाबी गरिरहेका छन् ।

कार्यक्रममा नेपाली ठूलो पर्दा र साना पर्दाका चलचित्रहरु प्रदर्शन गरिने बताइएको छ ।

नेपाली चलचित्रको प्रवर्द्धन गर्ने, नेपालको पर्ूवाञ्चल क्षेत्रमा विभिन्न किसिमका कला र संस्कृतिको विकासमा टेवा पुर्‍याउने, नेपाली चलचित्र क्षेत्रमा आश्रति मजदूरहरुलाई प्रोत्साहन गर्ने आदि उद्देश्यका साथ शुरु गर्न लागिएको यो अवार्डबाट उठेको रकमले शव बाहन, एम्बुलेन्सको जोहो गर्ने बताइएको छ । त्यसैगरी श्रमिक तथा जोखिममा परेका बालबालिकाको उचित शिक्षाको व्यवस्थाका लागि पहल गर्ने तथा र्सार्कस्तरीय चलचित्र महोत्सवको आयोजना गर्ने आदि उद्देश्य पनि समावेश गरिएको छ ।

यस अवार्डलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न जातजातिका सांस्कृतिक झाँकीको प्रदर्शन, प्रहसन, गायन तथा नृत्य आदि पनि प्रदर्शन गरिने बताइएको छ ।

नेपाली ठूलो पर्दाका चलचित्रका लागि प्रदान गरिने अवार्डहरुमा २३ विधा रहेका छन् भने सानो पर्दाका चलचित्रलाई प्रदान गरिने अवार्ड संख्या मात्र नौ विधा रहेका छन् । त्यस्तै उक्त समारोहमा नेपाली चलचित्रकी प्रथम महिला निर्देशकका रुपमा सुचित्रा श्रेष्ठ र अर्का एक जनालाई लाइफ टाइम एचिभ्मेन्ट अवार्ड पनि प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।



 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
समारोह सेलेब्रिटी अभिनेता रिलिज सेक्स प्रविधि सुटिङ हल्ला अभिनेत्री पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,