Home» Around the World »Weird and Interesting

पृथ्वी बचाउन टाइ फुकाल्नुस् !



पृथ्वीमा बढ्दो तापक्रमलाई नियन्त्रण गर्न चाहनु हुन्छ ? त्यसो भए इटालीका स्वास्थ्य मन्त्रीको भनाइ मान्नुहोस् ।

उनको भनाइअनुसार कामदारहरुलाई टाइबिनाको साधारण लुगा लगाएर काम गर्दा अरुबेलाको भन्दा कम तापक्रम हुने गरेको छ ।

"टाइ फुकाल्ने बित्तिकै मान्छेको शरीरको तापक्रम २ देखि ३ डिग्री सेल्सियससम्म घटेको हामीले पाएक छौँ", इटालीको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ- "यसो गर्दा एयरकण्डिसनको प्रयोग गराई पनि घट्न गएको छ । कम एयरकण्डिसन प्रयोग गर्नुको अर्थ वातावरणमाथि कम भार पनि हो ।"

त्यसैले स्वास्थ्य मन्त्रालयले आफ्ना मातहतका र अन्य सरकारी तथा निजी कार्यालयहरुलाई पनि कर्मचारीहरुलाई टाइ नलगाउन अनुरोध गरेको छ ।

पछिल्लो समयमा इटालीमा बढ्दो तापक्रमका कारण पनि सरकारले यो निर्णय गर्नुपरेको विज्ञप्तिमा जनाइएको छ ।

सरकारी यो निर्णय सँगै इटालीको प्रमुख तेल उत्पादन इएनआईले आफ्ना कर्मचारीहरुलाई काम गर्ने बेलामा टाइ नलगाउन निर्देशन दिइसकेको छ ।

यता टाई बनाउने कम्पनीका मान्छेहरु चकित छन् । टाइ निर्माता फ्लेवियो सिमाले त्यहाँको अर्थप्रधान पत्रिका सोल २४ ओरेलाई भने- "यसबाट पक्का भयो कि इटाली चाहिँ अचम्मकै देश हो । म, एउटा टाइ निर्माता, पृथ्वीको तापक्रम बढाउने प्रमुख दोषी भएछु ! अचम्म त मलाई के लागिरहेको छ भने म तेलको उत्पादक नभएर टाइ निर्माता भएछु !"

युरोपियन युनियनका सदस्य राष्ट्रमध्ये इटाली सबैभन्दा प्रदूषित राष्ट्रमा गनिन्छ । त्यसैले युरोपियन संघले उसलाई आफ्नो पर्यावरणबारे सोच्न अनुरोध गरेको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी भव्यता मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट बलिउड मुद्दा मामिला उदेकलाग्दो नग्नता विज्ञापन गुगल श्रीमानश्रीमती उपाय परिस्थिति फट्याइँ उदारता हलिउड प्रविधि
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television,