Home» Music »Feature

भानुभक्तलाई सम्झँदा



आदिकवि भानुभक्त आचार्य जन्मिएको घर ढलेर यो बर्खामा सखाप भएको समाचारसँगै केही दिनअघि राजधानीमा उनको एक कृतिलाई सार्वजनिक गरियो ।

भानुभक्तीय रामायणलाई म्युजिक नेपालले एमपीथ्री फरम्याटमा बजारमा ल्याएको छ । यसलाई इन्टरनेटमा पनि सुन्न सकिने छ ।

कार्यक्रममा साहित्यकार कमलमणि दीक्षितले भन्नुभयो, "समयसँगै हामीले हाम्रा साहित्यलाई 'अपडेट' गर्दै लैजानु पर्छ । नत्र पछि परिन्छ ।" उहाँले समयसँगै हिँड्न सकेको खण्डमा हाम्रा सिर्जनाको आयु लम्बिने बताउनु भएको थियो । उहाँले हरेक स्कूलमा नेपालका आदिकविको रामायणको कम्तीमा एक श्लोक राम्रोसँग गाउन सिकाउनु पर्ने प्रस्ताव पनि राख्नु भएको थियो ।

सोही कार्यक्रममा रोचक थापाद्वारा लिखित पुस्तक लोकनाच संक्षिप्त अध्ययन नामक पुस्तक पनि सार्वजनिक गरिएको थियो । थापाले आफ्नो यो सानो प्रयास भएको र भविष्यका दिनमा यस्ता कृति अझै प्रकाशन गर्दै जाने बताउनु भएको थियो ।

















 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
रिलिज सङ्गीतकार समुद्रपार लुकेका कुरा कीर्तिमान क्या बात ! तातोपीरो ट्रयाक बाहिर अवार्ड नेपाली तारा प्रेम र विवाह उपलब्धि भिडन्त विचार पेज थ्री रुचि गायिका गायक गीतकार कन्सर्ट
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,