Home» Around the World »Weird and Interesting

पिटी खेलेर विश्व कीर्तिमान

तपाइँले पिटी खेल कहिल्यै खेल्नु भएको छ ? अहिले छैन भने स्कूल पढ्दा त पक्कै खेल्नु भएको होला । अथवा बुढेसकालमा हड्डी जाम भइसकेपछि खेल्न शुरु गर्नु भएको हुँदो हो ।

शारीरिक अभ्यासको यो क्रियाकलापलाई चीनका तीन हजार बढी व्यक्तिले सडकबीच उभिएर विश्व कीर्तिमान बनाउने उपाय बनाएका छन् । यिनले तीन मिनेटसम्म लगातार स्किपिङ भनिने यो खेल खेलेर कीर्तिमान कायम गरेका हुन् ।

चीनको हुनान प्रान्तको राजधानी शहर चाङ्सामा भेला भएर उनीहरुले यो कीर्तिमान कायम गरेका थिए । उनीहरु शहरको बीचमा भेला भएका थिए ।

योभन्दा अघि सन् २००५ मा यस्तै किसिमको रेकर्ड बनाउन हङकङका २,४७२ व्यक्तिहरु भेला भएका थिए ।

अहिलेको कीर्तिमानका लागि तीन हजार नौ जना व्यक्तिहरु भेला भएका थिए । जसमा १० देखि ६८ वर्षभित्रका व्यक्तिहरु थिए । कोही कोही त परिवारै सहित कार्यक्रममा भाग लिन आएको रेड नेटले बताएको छ ।

पूरै परिवार लिएर कीर्तिमानी भेलामा उपस्थित भएका लिउ जुनले भने- "वास्तवमा यो खेल ज्यादै स्वास्थ्यकारी । अहिले रेकर्ड बनाउन मात्र होइन कि घरमै पनि यसलाई उपयोग गरे, परिवारमा विरामी परिँदैन । त्यसैले हरेक व्यक्तिले यस किसिमको क्रियाकलापलाई सहयोग गर्नुपर्छ ।"

वाह, क्या बात् ! रेकर्ड पनि बन्ने र स्वास्थ्य पनि !!

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान सुन्दरी बलिउड माया श्रीमानश्रीमती इन्टरनेट सेलेब्रिटी परिस्थिति फट्याइँ मुद्दा मामिला उदारता नग्नता भव्यता मूर्ख्याइँ विज्ञापन हलिउड सेक्स गुगल उदेकलाग्दो उपाय
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,