Home» Music »Feature

चितवनमा र्‍यापरहरुको हुङ्कार



देशको मध्यभाग चितवनमा नेपाली र्‍याप गायकहरुले अनधिकृत नक्कली सिडी तथा क्यासेट उत्पादन तथा विक्री वितरणका विरुद्ध हुङ्कार गरेका छन् । तिनले शनिबार नेपाली सर्जकका क्यासेट तथा सीडी अनधिकृत रुपमा नक्कल नगर्न र अनधिकृत विक्री वितरण गरिरहेका कामलाई खराब हो भन्ने जानकारी दिन चितवनको पुलचोकदेखि चौबीसकोठीसम्म र्‍याली निकालेका थिए ।

कार्यक्रममा नवीन के. भट्टराई, प्रनील एल. तिमल्सेना, उदेश श्रेष्ठलगायत विभिन्न र्‍याप गायकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई त्रिशुल इभेन्ट म्यानेजमेन्टले व्यवस्थापना गरेको थियो ।

यसअघि शुक्रबार नेपाली र्‍याप गायकहरुको सामूहिक संस्था फोरम अफ र्‍यापर्स कम्युनिटी एण्ड इन्भायरोमेन्ट (फोर्स) ले आफ्नो नामलाई र्सार्वजनिकीकरण गरेको थियो । उक्त कार्यक्रममा पप गायक नवीन के. भट्टराई तथा कालिका एफएमका प्रबन्ध निर्देशक विक्रम पाण्डेले संयुक्त रुपमा फोर्सको नाम तथा लोगोलाई र्सार्वजनिक गरेका थिए ।

शनिबार साँझ देशका चर्चित डीजेहरुले चितवनबासीहरुलाई मनोरञ्जन दिलाउन डान्स पार्टीमा साथ दिएका थिए । जसमा मुख्यतया डीजे सन्तोष, डीजे युवालगायत अरु तीन जना डीजेहरुले डान्स
पार्टीको रौनक बढाएका थिए ।








 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
बजारमा सङ्गीतकार तातोपीरो रिलिज क्या बात ! समुद्रपार लुकेका कुरा कीर्तिमान अवार्ड नेपाली तारा भिडन्त विचार ट्रयाक बाहिर प्रेम र विवाह पेज थ्री उपलब्धि गीतकार गायिका गायक कन्सर्ट
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल