Home» Around the World »Weird and Interesting

गुलाब आतङ्क



ल्यान्कास्टर शहरी काउन्सिलले एउटा दम्पत्ति जोडीलाई आफ्नो घरबाट गुलाबहरु हटाउन निर्देशन दिएका छन् । काउन्सिलको भनाइ अनुसार, उनीहरुको घरमा मजाले सजाइएका ती गुलाबहरु यति सुन्दर छन् कि त्यो सुन्दरताका कारण वरपरका छिमेकीहरुलाई ज्यादै डाह पलाइसक्यो ।

बेरी र बेट्टी अटेकलाई उनीहरुको दुइ सय वर्ष पुरानो घरमा सजाएर राखिएका ती गुलाबका कारण घरको निर्माण संरचनाको सुन्दरता र सौम्यतालाई ध्वस्त पारेको बताएर ती गुलाबलाई हटाउन आदेश दिएको हो ।

बेट्टीले भनिन्- "काउन्सिलले हामीलाई फोन गर्‍यो । फोनमा थिइन्, एउटा सुन्दर स्वरकी धनि महिला । ती महिलाले भनिन्, 'तपाइँको घर ज्यादै सुन्दर छ । तर यो सुन्दर घरमा तपाइँहरुले गुलाबलाई फक्राउन जुन मिहिनेत गरिरहनु भएको छ, त्यसले घरको सुन्दरतामा आँच आइरहेको छ । त्यसैले गुलाबलाई झुण्ड्याउने, यत्र तत्र राखेर उमार्ने काम नगर्नुहोस् ।'"

७२ वर्षीया बेट्टीलाई ल्यान्कास्टर शहरी काउन्सिलले बरु उनका गुलाबलाई तह लगाउन ६ हजार पाउण्ड दिने प्रस्ताव राखेको छ । जुन रकमले उनले गुलाबलाई त्यहाँबाट हटाउने मात्र होइन, उनको दुइ सय वर्ष पुरानो घरलाई राम्ररी रंगरोगन समेत गर्न पुग्नेछ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी भव्यता मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट बलिउड मुद्दा मामिला उदेकलाग्दो नग्नता विज्ञापन गुगल श्रीमानश्रीमती उपाय परिस्थिति फट्याइँ उदारता हलिउड प्रविधि
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,