Home» Bazaar »News

बजेट आव ०६४/०६५

 

बढ्यो

  • चुरोट, मदिरा, र सिमेन्टमा लागि आएको अन्तःशुल्क ।
  • सबै प्रकारका रंगरोगनको पैठारी तथा आन्तरिक उत्पादनमा अन्तःशुल्क ।

घट्यो

  • वनस्पति घिउको निकासी महसुल दरमा ५० प्रतिशत ।
  • निजी तथा सरकारी अस्पतालले आयात गर्ने माइक्रेबस वा मिनीबसमा बिरामी शय्याका आधारमा ५० प्रतिशत भन्सार सहुलियत ।
  • जग्गा गरिदबिक्रीको लिखित पास गर्दा २५ हजार रुपैयाभन्दा माथिको थैली अंकमा लाग्ने रजिस्ट्रेसन दस्तुर ३३ प्रतिशत ।

 

 

हट्यो

  • जस्तापाटा, प्लास्टिकका समान, सिन्थेटिक यार्न, जीआई पाइप, राइस व्रान, खुदो (मोलासिस) मा लागाइंदै आएको निकासी महसुल ।
  • स्वयं निष्कासन प्रणाली अर्न्तर्गत उत्पादन भई विदेश निकासी हुने वस्तुमा लाग्ने अन्तः शुल्क रकमबापत बैंक ग्यारेन्टी वा नगद धरौटी राख्नुपर्ने व्यवस्था ।
  • नेपाली पत्रपत्रिकाले "हुलाक दर्ता समाचार पत्रपत्रिका" अर्न्तर्गत बुझाउनुपर्ने शुल्क ।

 

छुट

  • व्यक्तिलाई एक लाख १५ हजारसम्म र दम्पतीलाई एक लाख ४० हजारसम्मको आयमा कर ।
  • सौर्य शक्तिबाट उर्जा उत्पादन गर्ने संयन्त्र तथा उपकरणमा प्रयोग हुने ब्याट्रीमा मूल्य अधिवृद्धि कर ।

 

क्षेत्रगत आधारमा बजेट

शिक्षा

२८ अर्ब ३९ करोड रुपैयाँ ।

स्वास्थ्य

१२ अर्ब १८ करोड रुपैयाँ ।

सडक

देशभर सडक संजाल विस्तार गर्न ९ अर्ब ३४ करोड रुपैयाँ ।

जलस्रोत

जलविद्युत : सात अर्ब ६५ करोड रुपैयाँ । खानेपानी ः ५ अर्ब ३३ करोड रुपैयाँ ।

सिंचाइ : ३ अर्ब ९९ करोड रुपैयाँ

संविधानसभा निर्वाचन

३ अर्ब ५० करोड रुपैयाँ ।

कृषि

ग्रामीण सडक, सिंचाइ र बजार प्रवर्द्धनका लागि ५ अर्ब ८२ करोड रुपैयाँ ।

शान्ति, पुनर्निर्माण, पुनर्स्थापना र राहत

१ अर्ब ८ करोड ।

सुरक्षा खर्च

२० अर्ब ४५ करोड ।

Data Source: Annapurna Post

 

सरकारद्वारा आव ०६४/०६५ का लागि एक खर्ब ६८ अर्बको बजेट प्रस्तुत संविधानसभाका लागि बजेट छ, दरवारका लागि छैन

लेनिन बञ्जाडे (स्वससे)

काठमाडौँ, असार २८/मुलुकको इतिहासमै पहिलोपटक हुन लागेको संविधानसभा निर्वाचनका लागि रकम छुट्याउँदै सरकारले बिहीबार आर्थिक वर्ष२०६४/०६५ को बजेट प्रस्तुत गरेको छ ।

अर्थमन्त्री डा. रामशरण महतले बिहीबार र्सार्वजनिक गरेको बजेटमा आगामी आर्थिक वर्षा लागि एक खर्ब ६८ अर्ब ९९ करोड ५६ लाख रुपैयाँ छुट्याइएको छ । यसमध्ये साधारणतर्फ९३ अर्ब ७४ करोड र विकासतर्फ७५ अर्ब २५ करोड प्रस्ताव गरिएको छ । सरकारले कुल बजेटमध्ये राजश्वबाट ९९ अर्ब ६० करोड, अन्तर्रर्ााट्रय अनुदानबाट २७ अर्ब ४६ करोड र ऋणबाट १७ अर्ब ३६ करोड जुटाउने लक्ष्य राखेको छ ।

सरकारले बजेटमा देशको शान्तिसुरक्षा र मङ्सिर ६ गते हुने संविधानसभाको चुनावको वातावरण बनाउने कामलाई विशेष प्राथमिकतामा राखेको छ । संविधानसभाको चुनावमा सबै क्षेत्र, लिङ्ग र वर्गले स्वतन्त्र र निष्पक्षरुपमा भोट हाल्न पाउने वातावरण बनाउन निर्वाचन आयोगका लागि तीन अर्ब ५० करोड रकम विनियोजन गरिएको छ । यसका अतिरिक्त वैदेशिक सहयोगसमेत परिचालन गरी शान्ति कोषबाट रकम उपलब्ध गराउने लक्ष्य सरकारले लिएको छ ।

निलम्बित अवस्थामा रहेको राजसंस्थाका लागि भने यसवर्षऔपचारिकरुपमा कुनै रकम छुट्याइएको छैन । यसअघि राजदरवारका लागि मात्रै करोडौँ रुपैयाँ छुट्याइने गरिन्थ्यो । राजदरवारका नाममा कुनै बजेट नछुट्याउन नागरिक समाजलगायत विद्यार्थी र राजनीतिककर्मीहरूले चर्को आवाज उठाएपछि सरकार यसप्रति मौन बसेको हो । त्यस्तै कर्मचारीका लागि १० प्रतिशत भत्तालाई तलबमा गाभी १७ प्रतिशतसमेत गरी कूल २७ प्रतिशत वृद्धि गरिएको छ ।

आ.व. २०६३/०६४ मा कूल खर्च १ खर्ब ८५ करोड १० लाख पुग्ने अनुमान छ । यसमा चालु खर्च रु. ८० अर्ब ३३ करोड ११ लाख, पूँजीगत खर्च रु. ३६ अर्ब ३७ करोड ९९ लाख र सावाँ भुक्तानी रु. १५ अर्ब १४ करोड पुग्ने अनुमान छ । आ.व. २०६२/०६३ मा रु. ७२ अर्ब २८ करोड २१ लाख राजस्व असुली भएकोमा चालु आर्थिक वर्षा लक्ष्यभन्दा बढी अर्थात रु. ८६ अर्ब १३ करोड ५५ लाख असुली हुने संशोधित अनुमान छ ।

संविधानसभाको निर्वाचनपछि बन्ने संविधानमा राज्यको समावेशी सङ्घीय संरचनाबारे सुझाव दिन राज्य पुनःसंरचना आयोग गठन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । "राज्य संरचनाका सबै अङ्गहरूमा समावेशी आधारमा मधेशी, दलित, आदिवासी, जनजाति, महिलालगायत सबै वर्ग एवं समूहहरूको सहभागिता एवं प्रतिनिधित्व सुनिश्चित गरिनेछ"- बजेटमा भनिएको छ ।

सञ्चारको क्षेत्रमा पनि सरकारले प्रतिबद्धता जनाएको छ । सञ्चारलाई घरदैलो र प्रत्येक नागरिकका हातमा पुर्‍याउन 'गाउँमा टेलिफोन, हातमा मोबाइल र घरमा इन्टरनेट' को लक्ष्य सरकारले लिने भएको छ । टेलिफोन सेवा नपुगेका एकहजार सात गाउँ विकास समिति प्रत्येकमा कम्तिमा दर्ुइ लाइन टेलिफोन पुर्‍याउने लक्ष्य लिइएको छ । त्यस्तै टेलिफोनमा र्सवसाधारणको पहुँच सहज तुल्याउन टेलिफोन स्वामित्व शुल्क ३३ प्रतिशतले घटाइएको छ ।

त्यसैगरी विद्यमान अप्टिकल फाइवर, माइक्रोवेभ र स्याटेलाइट लिङ्कको उपयोग गर्दै आधुनिक सूचना प्रविधिमा नागरिकको पहुँच पुर्‍याउन ग्रामीण क्षेत्रमा टेलिसेन्टर स्थापनाको कार्यक्रम सुरु गर्ने लक्ष्य सरकारले लिएको छ । "ब्रोडब्याण्ड इन्टरनेट सेवाको सञ्जाललाई गाउँसम्म पुर्‍याउन पहल गरिनेछ"- बजेटमा भनिएको छ- "हुलाक सेवालाई छिटोछरितो, भरपर्दो, व्यावसायिक एवं विविधीकरण गर्दै सूचना तथा सञ्चार प्रविधिलाई  ग्रामीण क्षेत्रसम्म विस्तार गरिनेछ ।" सूचना तथा सञ्चार मन्त्रालयका लागि २ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा सरकारले नेपाली सेनालाई १० अर्ब ८९ करोड रकम विनियोजन गरेको छ । सरकारका तर्फाट अर्थमन्त्री डा. रामशरण महतले व्यवस्थापिका संसदको बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

त्यस्तै देशमा सुरक्षा र स्वतन्त्रता कायम गर्न सुरक्षा निकायका लागि पर्याप्त परिचालन गर्ने र कानुन उल्लङ्घन गर्नेलाई कानुनको दायरामा ल्याई कारबाही गरिने भएको छ । निर्वाचनसमेतलाई लक्षित गर्दै सुरक्षातर्फबजेट वृद्धि गरी नेपाल प्रहरीलाई नौ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ । निर्वाचन आयोगलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता बजेटले गरेको छ । त्यसैगरी माओवादी छापामारको शिविर व्यवस्थापन र नेपाली सेनालाई लोकतान्त्रिकरण गर्ने अठोट गर्दै सरकारले स्वर्गीय राजा वीरेन्द्रको सम्पत्ति राष्ट्रियकरण गर्ने योजना बनाएको छ ।

कृषिलाई गरीवी निवारणको प्रमुख आधार बनाउने लक्ष्यसहित पाँच अर्ब ८२ करोड विनियोजन गरिएको छ । जुन अघिल्लो वर्षो तुलनामा ४७ दशमलव ३ प्रतिशतले बढी हो । गतवर्ष८ प्रतिशत रहेको मूल्य वृद्धिदर यसवर्ष६ दशमलव ६ तथा ग्राहस्थ उत्पादन २ दशमलव ५ प्रतिशतले बढ्ने अनुमान सरकारले गरेको छ । सिंचाई, खानेपानी विद्यालयलगायतको पर्ूवाधार बनाउन प्रत्येक गाउँ विकास समितिलाई उपलब्ध गराउँदै आएको १० लाख रुपैयाँलाई निरन्तरता दिइएको छ । स्थानीय विकास मन्त्रालयको नाममा १३ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी शिक्षा तथा खेलकुद मन्त्रालयका लागि २८ अर्ब ३९ करोड छुट्याइएको छ । एफएम रेडियोहरूले गाउँ-गाउँमा सूचना प्रवाहका लागि पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै चालु आर्थिक वर्षा प्रदान गरिएको नवीकरण शुल्क र रोयल्टीमा दिइएको छुट आगामी वर्षा पनि कायम गरिने भएको छ । यसैगरी टेलिभिजन संस्थाहरूलाई प्रदान गरिएको छुट पनि कायमै राखिएको छ । नेपाली पत्रपत्रिकाले "हुलाक दर्ता समाचार पत्रपत्रिका" अर्न्तर्गत बुझाउनर्ुपर्ने शुल्क पनि मिनाहा गरिने भएको छ ।

सामन्ती भू-स्वामित्वको अन्त्य गरी वैज्ञानिक भूमिसुधार कार्यक्रम लागू गर्न आवश्यक पर्ूवाधार तयार गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । यसका लागि एउटै व्यक्तिको नाममा देशभरि रहेका जग्गाहरूको एकीकृत लगत एउटै जग्गाधनी पर्ूजामा राख्ने कार्य थालनी गरिने भएको छ । त्यस्तै जमिनमा भूमिहीनहरूको सहभागिता बढाउन कानुनमा आवश्यक सुधार गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ ।

जलविद्युत आयोजनामा बाहृय लगानी जुटाइने भएको छ । बजेटमा आगामी १० वर्षभत्रमा ५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । यसका लागि सरकारले ७ अर्ब ६५ करोड रुपैयाँ विनियोजन  रेको छ ।

कृषिलाई गरीवी निवारणको प्रमुख आधार बनाउने लक्ष्यसहित ५ अर्ब ८२ करोड विनियोजन गरिएको छ, जुन अघिल्लो वर्षो तुलनामा ४७ दशमलव ३ प्रतिशतले बढी हो । सिंचाईका लागि ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको छ । "कृषिलाई गरीवी निवारणको प्रमुख आधारको रुपमा लिई व्यवसायीकरण र उत्पादकत्व वृद्धिमाथि जोड दिइनेछ"- बजेटमा भनिएको छ ।

देशभर सडक सञ्जालको विकास गरी आर्थिक उपार्जनका अवसर वृद्धि गर्दै जनताको जीवनस्तर उकास्त सडक यातायात क्षेत्रमा आगामी वर्ष९ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । यो रकम चालु आर्थिक वर्षो भन्दा १ अर्ब ५९ करोडले र संशोधित खर्च अनुमानको तुलनामा २ अर्ब ४८ करोडले बढी हो । सडक सुविधा नपुगेका जिल्लाहरूमा आगामी तीन वर्षभत्र मोटरबाटो पुर्‍याउने लक्ष्य लिइएको छ । त्यसैगरी सबै जिल्लामा जेष्ठ नागरिक उपचार कार्यक्रम सञ्चालन गर्ने लक्ष्य पनि सरकारले लिएको छ । सरकारले गतवर्षघोषणा गरिएको कर्ण्ाालीमा "एक परिवार एक रोजगार" कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने बताएको छ ।

त्यस्तै दोस्रो अन्तर्रर्ााट्रय विमानस्थल निर्माणका लागि उपयुक्त देखिएको बाराको निजगढमा आवश्यक पर्ूवाधार निर्माणको कार्य बढाइने बजेटमा उल्लेख छ । "भैरहवा र पोखरामा क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि सरकारले जग्गाप्राप्ति लगायत आवश्श्यक पर्ूवाधार तयार गरी बाहृय लगानी आकषिर्त गर्नेछ"- बजेटमा भनिएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. रामशरण महतले एकवर्षभत्र मुलुकमा भएका परिवर्तनलाई राजनीतिक उपलब्धिको रुपमा व्याख्या गरे । "मङ्सिर ६ गते संविधानसभाको निर्वाचन गर्ने घोषणा हुनु र नागरिकताको अवसरबाट बञ्चित २६ लाख १५ हजारभन्दा बढी व्यक्तिलाई नागरिकता प्रदान गरिनु ऐतिहासिक जनआन्दोलनपछिका थप उपलब्धि हुन्"- डा. महतले भने ।

बजेट तर्जुमा गर्दा समृद्ध, सङ्घात्मक, समावेशी र न्यायपर्ूण्ा नेपाल निर्माणको आधार तयार गर्ने र्सवाेपरि उद्देश्य राखेको बताउँदै अर्थमन्त्री डा. महतले जनआन्दोलनमा अभिव्यक्त भावना, अन्तरिम संविधान तथा आठदलको साझा सहमतिको न्यूनतम कार्यक्रमलाई मुख्य मार्गदर्शनको रुपमा लिएको उल्लेख गरे । "दिगो शान्ति, स्थायित्व र लोकतान्त्रिक पद्धतिको सुदृढीकरण, गरीबी निवारण एवं आर्थिक समुन्नति, मानव विकास, लगानी अभिबृद्धि, र पुनःनिर्माण, पुनःस्थापन तथा राहत बजेटको मूल उद्देश्य हो"- उनले भने ।

उनले मूल चुनौति राजनीतिक भएकोले त्यसैमा बढी ध्यान केन्द्रित गरिएको जनाए । "आर्थिक एजेण्डालाई मूलप्रवाहमा ल्याउने प्रयास गरेको छु"- उनले भने- "यसले अहिले राम्रो सन्तुलन ल्याएको छ ।" विभिन्न बाध्यता र सीमाभित्र रहेर बजेट ल्याएको बताउँदै उनले कार्यान्वयन पक्ष पनि उत्तिकै प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया मिश्रति
सरकारले प्रस्तुत गरेको बजेटप्रति मिश्रति प्रतिक्रिया आएका छन् । पर्ूव अर्थमन्त्री भरतमोहन अधिकारीले बजेट राम्रो हुँदाहुँदै पनि महत्वपर्ूण्ा कुराहरू छुट्न गएको बताए । "कृषिमा देखिएको दुरावस्थाबारे बजेटमा ध्यान दिइएको छैन"- उनले भने- "बजेटअनुसार हुने हो भने कृषिमा परिवर्तन आउन सक्दैन ।"

नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छेले बजेट किसानको पक्षमा नआएको बताए । निजीकरणतर्फबढी ध्यान दिइएको भन्दै उनले बजेटलाई 'रुनु न हाँस्नु' भनी टिप्पणी गरे । "किसान र मजदुरको पक्षमा आउनुपथ्र्यो, आएन"- अध्यक्ष बिजुक्छेले भने ।

काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले बजेट सकारात्मक रहेको बताए । तर कार्यान्वयनमा केही सीमा रहेको उनको भनाइ छ । संविधानसभा निर्वाचनपछि पनि बजेट कार्यान्वयन हुने नहुनेमा आशङ्का रहेको आचार्यले बताए । त्यस्तै सद्भावना आनन्दनीदेवीका भरतबिमल यादवले बजेट महत्वाकाङ्क्षी भएको प्रतिक्रिया दिए । कर्मचारीको तलब बडाउने निर्ण्र्ाासकारात्मक रहेको उनले बताए ।

त्यस्तै अर्थविद् डा. विश्वम्भर प्याकुरेलले समग्रमा बजेट सकारात्मक रहेको बताए । "अनुमान गरेअनुसारकै बजेट आएको छ"- उनले भने- "वैदेशिक ऋण तथा अनुदानबाट रकम उठाउने सरकारी लक्ष्य रिस्कजोनमा छ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on News
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country