Home» Around the World »Weird and Interesting

७-७-०७ मा बिहे गर्नेको घुइँचो



नेपालमा सन् २००७ को ०७ महिना ०७ गते ७ औँ दिन अर्थात् शनिबार अनेक थरिको घटना घट्ने र त्यसले देशमा निकै ठूलो बबाल मच्चाउने घोषणा गरिरहँदा अमेरिकामा चाहिँ यसलाई सबैभन्दा भाग्यमानी दिन ठानेर बिहे गर्नेहरुको घुइँचो नै लाग्यो ।

सातैसातको यो अङ्कलाई आफ्नो जीवनको सर्वोत्कृष्ट समय बनाउन सयौँ व्यक्तिहरु अमेरिकाको 'ल्यामरस' शहर लसभेगासमा सयौँ जोडी थुप्रिएका थिए ।

यो 'टि्रपल सेभेन' जुरेको अवसरमा लस भेगासका स्थानीय होटल र क्यासिनोहरुले पनि कमाउने राम्रै धन्दा चलाए । तिनले ७७७ को प्याकेज बनाएर सित्तैमा बेलुन, फूलहरु र ब्यानर बनाइदिने प्रस्ताव राख्यो ।

त्यहाँका क्यासिनोले सामूहिक विवाहको कार्यक्रम बनाएर विशेष स्थान सिर्जना गरिदिए । जहाँ सबैका लागि फोटो खिचिदिनेदेखि लिएर सबै किसिमको व्यवस्था होटल तथा क्यासिनोहरुले मिलाइदिएका थिए । अरु त अरु आफ्नो बिहेलाई स्मरणीय बनाउन पानीमुनि बिहेको चाँजो पनि मिलाइएको थियो ।

"हामी वास्तवमै भाग्यमानी रहेछौँ कि आजैका दिन बिहेको मिति जुर्‍यो", मेलिसा लाउराले आफ्नो श्रीमान् रिकार्र्डोसँग सिल्भराडो क्यासिनो लजमा बिहे गरिसकेपछि भनिन् । रिकार्र्डो लस भेगासका प्रहरी अधिकृत हुन् । उनी गएको फरवरी महिनामा सात गोली खाएर पनि बच्न सफल भएका थिए ।

रिकार्र्डोले भने- "म सधैँ भाग्यमा विश्वास गर्छु । र मलाई थाहा छैन, यो सात मेरालागि साँच्चिकै भाग्यमानी हो कि होइन ।"

रमाइलो के छ भने सात तारिखमा यहाँ बिहे दर्ता गराउनेहरुको संख्या १६ सय पुगिसकेको छ । शनिबारकै दिन ठिक्क कार्यालयमा बिहे दर्ता गराउन यहाँको स्थानीय क्लार्क काउन्टी बिहे दर्ता शाखामा घुइँचो लागेको छ । र, यो घुइँचो यति ठूलो थियो कि शुक्रबारदेखि नै ट्राफिक जाम भइसकेको छ ।

यहाँ ५० वर्षीय लुग्रेथ केन पनि बिहेका लागि आइपुगेका छन् । उनकी दुलही ४७
वर्षीया टेरी पार्करसँग उनको चिनजान भएको लगभग ३० वर्ष पुगिसकेको छ । त्यसबेला दुवै विद्यार्थी थिए र उनीहरुको बेग्लाबेग्लै व्यक्तिसँग बिहे भयो र टुट्यो पनि । तर संयोगवश अनेकौँ वर्षछि यी दुइको पुनः मिलन भएको छ ।

यता पल र मोनिका गुन्डरसनको बिहे चाहिँ भाग्यले नै जुराएको हो । मोनिका भन्छिन्- "हामीले बिहे दिन तय गर्न निकै नै कसरत गर्‍यौँ । केही नलागेर क्यालेन्डरमा हात राखेर दुवैले आँखा चिम्म गर्‍यौँ र हामीले आँखा खोल्दा मेरो हात यही दिनमा ठहरिएको पायौँ ।" मोनिका स्थानीय बारमा बियर बेच्ने गर्छिन् ।

रमाइलो त के छ भने यही बेला केक बेच्नेहरुले पनि ७७७ नामक केका लागि ५ सय डलरसम्म असुल्न पछि परेनन् । पाउरोटी व्यापारी म्याक्स फ्रिडले भने- "मेरो अहिलेको कमाइ देखेर त यस्तो लागिरहेको छ कि जुलाईमा नै क्रिसमस आइपुग्यो !"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country