Home» Around the World »Weird and Interesting

पादरीको सुन्दरी मोह



पोल्याण्डका एक चर्च पादरीले देशभरि रेष्टुराँ र रक्सी बारको व्यापार शुरु गर्ने भएका छन् । यो साङ्ले रेष्टुराँमा चर्चका पादरीको लगानी हुने र ती पादरी पनि खुलेआम यो मेरो हो भन्दै हिँडेकाले विवादमा तानिएका छन् ।

विवादलाई त अहिले छाडिदिऊँ तर ७० वर्षका बूढा फादर हेनरिक जान्कोवस्कीले केसम्म भन्न भ्याए भने- "मेरो रेष्टुराँमा कृपया कुरुप महिलाले जागीर खाने सपना नदेखून् । तिनका लागि अरु नै कुराको व्यवस्था इश्वरले गरिदिएका छन् । बरु राम्रा-राम्रा तरुनीहरुलाई यहाँ स्वागत छ, तिनीहरु जति नै मू
र्ख भए पनि बरु मलाई मतलब छैन ।"

यी बूढा कति रसिक छन् भने आफ्नो जीवनकथामा मेल गिब्सनलाई फिल्म बनाइदेऊ भन्न समेत भ्याएका थिए । पछि यी बूढालाई गिब्सनले तथानाम गाली गरे । तर अहिले उनी हर्ेर्दै आरिस लाग्ने सौर्न्दर्य बोकेका युवतीहरुलाई यो प्रस्ताव राखेर उनी विवादमा तानिएका हुन् ।

उनले सुन्दरीहरुलाई काममा व्यस्त पार्न पोल्याण्डभरि १६ वटा विभिन्न क्याफे र बार खोलिरहेका छन् । के उनले यो रेष्टुराँबाट आएको आम्दानी चाहिँ कुनै सामाजिक कार्यमा खर्च गर्नेछन् त - भन्ने पत्रकारहरुको जिज्ञासामा उनी चूप रहे । अर्थात्, उनलाई यो विषयमा खुल्नु आवश्यक छैन ।

उनको नाममा खोलिएको फादर हेनरिक जान्कोवस्की इन्स्टिच्यूटले व्यवसाय सम्बन्धी धेरै कामहरु गर्ने गरेको छ । जस्तो कि सुगन्धित तेल (परफ्यूम) र विभिन्न ब्राण्डका रक्सीको उत्पादन । तर यसबाट भएको आम्दानी चाहिँ उनले विभिन्न राम्रो कामका लागि उपयोग गर्ने गरेका छन् ।

उनी खासमा पोल्याण्डभरि लोकप्रिय पुजारी हुनुको कारण पनि उनको समाजसेवा हो । तर पछिल्लो समयमा आफ्नो कफी सप बियर बारका लागि "ज्यादै सुन्दर र आकर्षक महिलालाई यहाँ काममा लगाइन्छ, कृपया कुरुप केटीहरुले ट्राई नगरे, किनभने तिनले यहाँ चान्स पाउने छैनन्" भन्ने अभिव्यक्ति दिएपछि यिनको योगदानसँगै रसिक जीवनका बारेमा पनि चर्चा हुन थालेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी भव्यता मूर्ख्याइँ सेलेब्रिटी इन्टरनेट बलिउड मुद्दा मामिला उदेकलाग्दो नग्नता विज्ञापन गुगल श्रीमानश्रीमती उपाय परिस्थिति फट्याइँ उदारता हलिउड प्रविधि
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह